२ दिनभित्रै मन्त्रीमण्डल विस्तार हुने



काठमाडौं । प्रधानमन्त्री के.पी ओलीले मुलुकको समृद्धको लागि आफू प्रयत्नशील भइरहेको बताएका छन् ।

नयाँ सरकार गठनसँगै मुलुकमा समृद्धिको खोका खुलेको छ’ प्रधानमन्त्री ओलीले बुधबार दहचोकस्थित कालु पाँडेको समाधिस्थल पुगेर भने, ‘मेरो हरेक पाइला विकासको बाटोमा हिड्नेछ । मुलुकको समृद्धिको लागि हुनेछ’

प्रधानमन्त्री ओलीले यस पटक पनि संझन लायक काम गर्ने बताए ।

‘यो के.पी ओलीले मुलुकको लागि केही न केही गर्छ भन्ने सबैलाई विश्वास छ’ उनले भने, ‘यस पटक पनि यहाँहरुले संझन लायक केही न केही गरेर देखाउँछु । म मुलुकबाट केही लिनको लागि प्रधानमन्त्री बनेको हाइन, केही न केही दिनकै लागि बनेको हुँ ।’

प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको प्राचीन गढी नियाल्दै त्यहाँ कालु पाँडेकाे पूर्णकदको शालिक स्थापना गर्ने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले २ दिनभित्रै मन्त्रीमण्डल विस्तार हुने जानकारी समेत गराए ।

प्रतिक्रिया दिनुहोस्