एमालेका नेता खरेलले पार्टीबाट राजीनामा दिए



काठमाडौं । एमालेका केन्द्रीय सदस्य अग्नीप्रसाद खरेलले महान्यायाधिवक्तामा नियुक्त भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

मंगलबार सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको महत्वपूर्ण संवैधानिक जिम्मेदवारी निर्वाह गर्नु पर्ने भएकोले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको खरेलले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । महान्यायाधिवक्तामा नियुक्त खरेल एमाले केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्