अभिनेत्रीका सामान चोरी भए, बाँकी रहेन अन्डरवेयर पनि



काठमाडौं । बलिउडकी अभिनेत्री मेघना नायडू अहिले एक चोरको शिकार भएकी छिन् । मेघनाले आफ्नो फेसबुकमार्फत यस कुराको खुलासा गरेकी हुन् । गोवास्थित आफ्नो घरमा रहेका दुई कोठा उनले भाडामा दिएकी थिइन्। जसलाई उनले घर भाडामा दिएकी थिइन्।

त्यही व्यक्तिले घरमा रहेका उनका सबै समाना चोरे। गोवास्थित उनको घर हेर्ने व्यक्तिले एक नयाँ जोडीलाई कोठा भाडामा दिएका हुन्। यो जोडीले आफु मुम्बई बस्ने गरेको दाबी गरेको थियो। यो जोडीले आधार कार्ड र ड्राइभिङ लाइसेन्स समेत बुझाएको थियो। जून, नक्कली रहेको पाइयो। मेघानाका अनुसार यो जोडीले घरको भाडा त तिरेन नै।

सबै सामान समेत लग्यो। उनका कपडा,जुत्ता र स्पिकर समेत चोरी भएको उनले लेखेकी छिन्। यो जोडीले अन्डरवेयर समेत बाँकी नराखेको मेघानाको भनाइ छ। मेघानाका अनुसार उनीहरुले कोठामा रहेका सामान समेत तोडफोड गरेका छन्। उनले आफ्नो पोस्टसँगै उक्त जोडीको फोटो समेत शेयर गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्