वास्तविक भुकम्पपिडित छुट्टाउनै मुस्किल



शालिकराम चालिसे, नुवाकोट  ।

भुकम्प पछिको पुनः निर्माणको लागि लगत संकलन भए पनि अनुदान पाउने सूचीमा वास्तविक भुकम्पपिडितहरु नाम प्रकाशित नँहुदा भुकम्पले घर भत्किएकाहरु थप समस्यामा परेका छन् ।

भुकम्पले घरबार भत्किएपछि अस्थाई आबासमा बसेका नागरिकहरु सरकारबाट उपलब्ध हुने अनुदान रकम थपथाप गरेर घर बनाउने प्रतीक्षामा रहेका छन् । तर, सरकारी अनुदान पाउने नागरिकहरुको सूचीमा आफ्नो नाम नआए पछि के गर्ने कसो गर्ने भन्नेमा नागरिकहरुमाझ अन्योल्ता थपिएको छ । यसरी अनुदान रकम पाउनेमा समावेश नहुनेमा वास्तविक भुकम्पपिडितहरु समेत रहेका छन् ।

भुकम्पबाट आफ्नो घर ध्वस्त हुँदा हुँदै पनि आफ्नो नाम सूचीमा नपरेको विदुर नगरपालिका वडा नं १० का माधव प्याकुरेलले बताउनुभयो । यस्तै नाम छुट्नेमा विदुर नगरपालिका वडा नं ८ राईगाउँकै हिरा तामाङ पनि रहनु भएको छ ।

सरकारबाट उपलब्ध हुने ३ लाख रुपैयाँको मद्दतमा घर बनाउने आश गरेकाहरु निराश भएका छन् । पटक पटक गुनासो सम्बोधनको लागी प्राबिधिकहरु घर चेकजाँच गर्न आएता पनी अहिले सम्म आफ्नो गुनासो सम्बोधन नभएको उहाँले बताउनु भयो । राज्यले दोश्रो किस्ताको रकम लिने अन्तिम समयसिमा तोकिरहदा आफ्नो भने लाभग्राहिहरुको सुचिमा नामनै नपरेको बताउनुभयो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरण नुवाकोटका निमित्त प्रमुख बेद प्रसाद गौडेलले लगत संकलनका क्रममा आवश्यक प्रकृया पुगेका नागरिहरुको समेत नाम छुटेको बताउनु हुन्छ । फेरि गरिएको लगत संकलनमा प्राबिधिकहरुको त्रुटिका कारण भुकम्प पिडितहरु सूचीमा समावेश हुन नसकेको र त्यस्ता वास्तविक पिडितहरुले अनुदान वापतको रकम पाउनुपर्ने बताउनुभयो । त्यस्ता नागरिकहरुको आक्रोश कार्यालय सम्ममा नै आउन थालेको गौडेलले बताए ।

गुनासो फर्म भरेर ईन्जिनियरले सर्भेक्षण गर्न समेत छुटेका नागरिकह्रुलार्य वडा कार्यालयबाट नै सम्बोधन गर्ने निति निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । वडा अध्यक्षको संयोजकत्वमा बनेको समितिले गुनासो ब्यबस्थापन गर गाँउपालीका मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सम्म सिफरिस गर्ने निति निर्माण भएको प्राधिकरण नुवाकोट निमित्त प्रमुख गौडेलले बताउनु भयो ।

पुनः निर्माणमा नागरिकहरु आफै जुट्न नसक्दा भुकम्पको एक वर्ष पछि पनि अस्थाई शिविरमा गुजारा चलाउनु पर्ने अवस्था ज्यूकात्यू रहेको छ । लगत संकलन पछी प्रकाशित भएको अनुदान पाउने नागरिकहरुको सूचीमा नाम छुट्नेमा नुवाकोटमा करीब ५५ सय भन्दा बढि परिवार छन् । सरकारी अनुदानको रकममा थपथाप गरेर दर बनाउने योजना बनाएका नागरिकहरु अहिले विलखबन्दमा परेको छुटमा परेका नागरिकह्रुको भनाई रहेको छ ।

पुनः निर्माणको लागी सरकारी अनुदान पाउने बास्तबिक पिडितहरु छुट भएको गुनासो संकलनको कार्य पनि भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण नुवाकोटका निमित्त प्रमुख गौडेल बताउनुहुन्छ । त्यस्ता नागरिकहरुको गुनासोहरु सम्बन्धित वडा कार्यालय मार्फत पुनः निर्माण प्राधिकरणसम्म ल्याउने ब्यवस्था गरिएको छ । वडा र गाँउपालीका तथा नगरपालीका प्राप्त भएको नामका व्यक्तिलाई आबाश्यक प्रकृया पुराएर अनुदान रकम उपलब्ध गरार्यने छ । पुनः निर्माण प्राधिकरणले अनुदान बितरणको लागी लगत संकलन कार्य सम्पन्न भई अनुदान पाउने नागरिकहरुको सूचीमा परेकाहरुले पनि रकम हात पार्न सकेका छैनन् ।

रकम लिनका लागि आवश्यक सम्झौता प्रक्रृया सुरु नहुँदा र सूचीमा परे नपरेको विषयमा वडा कार्यालयमा गएर बुझ्न सकिने विषयमा समेत जानकारी नहुँदा नागरिकहरुहरुले आफ्नो बारेमा अझै बुझ्न सकेका छैनन् ।
आफुहरु राज्इले दिने अनुदान रकम आउने आशमा बसेका नागरिकह्रु पनी सर्भेक्षण पछि भकाभक छुट्न थाले पनी कहाँ जाने र के र्ने भन्ने बिषयमा भुकम्प प्रभाबित नागरिकहरु अनभिज्ञ रहदै आएका छन् । लामो समय सम्म गुनासोको सम्बोधन नँहुनु, पटक पटक सर्भेक्षण हुनु र पनी लाभग्राहिको सुचिमा नाम प्रकाशित नभए पछी धेरै नागरिकहरु निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्