जेसीबीको आधिकारिक आउटलेट डडेलधुरामा



काठमाडौं, (नेस)
नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले डडेलधुरामा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरू गरेको छ।

नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन्। देशको सुदूरपश्चिम क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीको सहजतालाई ध्यानमा राखेर जेसीबीले आधिकारिक आउटलेट शुरू गरेको हो।

नयाँ ‘एआरओ’को उद्घाटन निर्माण व्यवसायी संघ डडेलधुराका अध्यक्ष बलबहादुर गुरुङले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नयाँ ‘एआरओ’का प्रबन्ध निर्देशक रामबहादुर विष्टले सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो। यसअघि एमएडब्लु अर्थमुभर्सले बनेपा, गल्छी, दोलखा र लहानमा ‘एआरओ’ स्थापना गरिसकेको छ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ। बिक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ।

हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगन्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ। इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरू लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्