नरगिस सनीको शैलीमा !



बलिउड फिल्म नगरीमा यस्तो शुरुआत कसैको भएको थिएन, जसरी नरगिस फाखरीको भएको छ। उनले रणवीर कपुरका साथ रकस्टार जस्तो सानदार फिल्म गरेकी थिइन्। जसबाट नरगिस रातारात चर्चामा आइन्।

हर कोहीले उनको सानदार अभिनयको तारिफसमेत गरे। अब भने नरगिस बेबी डलको इमेजबाट बाहिर निस्केर केही नयाँ गर्नेवाला छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार नरगिसले हालै मात्र एक हरर फिल्म साइन गरेकी छन्। भूषण पटेलले आफ्नो हरर फिल्म अमावसमा नरगिसलाई लिएका छन्। यसको लन्डनमा सुटिङसमेत शुरु भइसकेको छ।
नरगिस यस प्रकारको फिल्मका लागि विलकुल नयाँ हुन्। तर, रागिनी एमएमएस–२ का निर्देशकको पहिलो छनोट पनि नरगिस नै थिइन्। पछि उनले सनी लियोनीलाई लिएका थिए र धेरै हदसम्म एक्सपोजसमेत गर्न लगाएका थिए। बलिउडमा चर्चा यो छ कि रागिनी एमएमएस–२ मा सनीले एक्सपोज गरे जस्तो नरगिसले पनि अमावसका लागि एस्पोज गर्लिन् या नगर्लिन्? अहिले भने नरगिस टोरबाजमा व्यस्त छिन्।

प्रतिक्रिया दिनुहोस्