प्राविधिक र जिबन उपयोगी शिक्षा आजको आबश्यकताः राष्ट्रपति भण्डारी



कुशलबाबु बस्नेत , उदयपुर ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले अभाव र गरिबी निवारण शिक्षाबाट मात्रै सम्भव हुने बताउनु भएको छ । बैज्ञानिक जिबनउपयोगी र रोजगार मुलक शिक्षा निती अवलमबन गर्दै गरिबिको अन्त्य गर्न सकिने उहाँले बताउनु भयो । पानी खानी र नेपालीको श्र्रम गर्ने बानीको सही सदुपयोगनै मुलुकको समृद्धी भएको उहाँको भनार्य थियो । राष्ट्रपति भण्डारीले मङ्गलवार उदयपुरको कटारी नगरपालिकास्थित त्रिवेणी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न मुलुकमा वैज्ञानिक शिक्षा नीतिको आवश्यक रहेको तिनै तहका सरकारहरु त्यस तर्फ अग्रसर हुनु पर्ने उहाँको भनार्य थियो ।

उहाँले मुलुकको समग्र विकासका लागि प्राविधिक जनशक्तिको अभाव रहेकोले सामुदायिक विद्यालयहरु शैक्षिक वेरोजगारहरुको उत्पादन गर्ने थलो नभएर ब्यावहारिक र जीवनपोगी प्राविधिक जनशक्तिहरु उत्पादन गर्ने केन्द्रको रुपमा विकसित हुनुपर्ने बताउनु भयो ।

ब्यवहारिक र ब्यवासायीक शिक्षा प्रणाली लागु गर्न नसकेकाले नेपालमा उत्पादन हुने शैक्षिक बेरोजगारहरु खाडी मुलुक जान बाध्य भएकाले अबको शिक्षा जीवन उपयोगी हुनु पर्ने बताउनु भयो । उनले कुषिमा यान्त्रिकिकरण गरि आधुनिक तथा ब्यवसायीकरण गरे मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै सामाजिक आर्थिक क्रान्तिमा लाग्न सके समृद्ध नेपाल सुखि नेपाली बनाउन सकिने बताउनु भयो । उहाँले यस क्षेत्रकै मत्वपुर्ण उदयपुर सिमेन्ट उद्योगो सुदृढीकरण गरी यहाँ उतदति जनशक्तीलाई परिचालन गर्न सके बेरोजगारी समस्या हल गर्न सकिने बताईन ।बालुवा ढुङ्गा जडिबुटी लगायतका स्थानीय कच्चा पदार्थलाई प्रयोगमा ल्याउने उद्योग स्थापना गर्दै रोजगारीको सृजना गर्नु पर्ने उनले बताउनु भयो ।

जलस्रोेत जडिबुटी कृषि र पर्यटन मुलुकको आय आर्जनको प्रमुख क्षेत्र भएकोले यो क्षेत्रको परिचालनको लागि सरकारले उचति व्यबस्थापन गर्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जनताको इच्छा र चाहना बमोजिम बिकास र समृद्धिको चाहना पुरा गरिने बताउनुभयो । मुख्यमन्त्री राईले हामी बिशाल राजमार्गमा छौं, हाम्रा पहिलो काम भनेको सुशासन, स्थायीत्व, समृद्धि हो, यस प्रदेशलाई मुलुककै नमूना समृद्ध प्रदेश बनाउने योजना रहेको बताए ।

उनले समृद्धिका लागि सबै क्षेत्रबाट हातमा हात काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गर्दै प्रदेश नम्बर १ मा हिमाल, नदिनाला, चिया, राष्ट्रिय निकुन्ज लगायतको राजधानी रहेकाले प्राकृतिक श्रोत र साधानको धनि भएकाले नेपालकै समृद्ध र नमूना प्रदेश बनाउने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्