ओली सरकार विरुद्ध कांग्रेसको पत्रकार सम्मेलन



नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले अघिल्लो सरकारको निर्णय बदर गर्दै राष्ट्रियसभामा ३ जना सदस्य मनोनीत गरेपछि नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ ।

यस विषयमा कांग्रेसको आधिकारीक धारणा सार्वजनिक गर्न अहिले तिन बजे पार्टी केन्द«ीय कार्यालय सानेपामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकाले राष्ट्रियसभाको लागि गोपाल बस्नेत चाँदनी शाह कृष्णप्रसाद पौडेललाई मनोनित गर्नुभएको थियो ।

यो् निर्णय उल्टाउँदै ओली नेतृत्व सरकारले पूर्व गर्भनर युवराज खतिवडा पूर्व सांसद रामनारायण विडाडी र योजना आयोगको पूर्व सदस्य विमला पौडेललाई मनोनित गरेको छ ।

कुल ५९ सदस्य रहने राष्ट्रियसभामा तिन जना मन्त्रीपरिसद्को सिफारीसमा राष्ट्रपतिले नियुक्त गर्ने सबैधानीक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्