जुम्ल्याहा रिहा



अबुजा, (एजेन्सी)
सन् २०१० मा नाइजेरियाको बाउची राज्यमा आफ्नो वर्कसपमा एउटा कार मर्मत गर्दा मेकानिक्सद्वय ताय र केहिन्डे हाम्जाले यही कारण आफूहरू वर्षौं कारागारमा थुनिनेछौं भनेर कल्पनासम्म पनि गरेका थिएनन्। वास्तवमा त्यो कार १ जना बोको हराम लडाकूको थियो। ती जुम्ल्याहा दाजुभाइलाई तत्कालै सुरक्षाकर्मीले गिरफ्तार गर्यो। बल्ल ८ वर्षपछि आतंककारीको अभियोग लागेका अन्य ४ सय ७३ जनासहित तिनीलाई रिहाइ गरिएको छ। तिनीहरूविरुद्ध केही समयअघि चलाइएको सामूहिक मुद्दापछि तिनीहरूलाई सफाइ दिइएको हो।

प्रतिक्रिया दिनुहोस्