कहिले पुरा हुन्छ देउवाको प्रतिवद्धता ?



रामकृष्ण चापागाईं, काठमाडौं ।
हालै सम्पन्न स्थानिय, प्रादेशिक र संघको निर्वाचनमा काग्रेसले अनपेक्षित हार व्यहोरेपछि नेतृत्वको कमजोरी बारे चर्को आलोचना भैरहेको बेला काग्रेस सभापति शेरवहादुर देउवाले १३औं महाधिवेशन पछि पार्टी नेतृत्व सम्हाले पछि गरेका प्रतिवद्धताहरु दुईवर्ष सम्म पुरा नभएको भन्दै चर्चा हुन थालेको छ ।

पार्टीका शीर्ष नेताहरु समेत पार्टी सभापतिको कमजोरीका कारण निर्वाचनमा नराम्ररी हार व्यहोर्नु परेको भन्दै तत्काल समिक्षा गर्न केन्द्रिय समितिको बैठक बसाल्न माग समेत गरिरहेका छन् । सभापति देउवा प्रति असन्तुष्ट नेताहरुले निर्वाचनको परिणामको विषयलाई लिएर नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा समेत उठाइरहेका छन् । सरकारको नेतृत्वमा रहदा राम्रो भुमिका निभाउन नसकेको मात्र हैन मुख्य गरि पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न नसकेको, पार्टी संगठन तथा भातृ र सुभेच्छुक संघ संस्थालाई चलायमान बनाउन नसकेको जस्ता आरोपहरु सभापति देउवामाथि लागिरहेको छ ।

पार्टीको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भई नेपाली कांग्रेस नेतृत्वको नेतृत्व गरिरहनु भएका देउवाले पार्टीभित्रको आन्तरीक गुट उपगुटलाई समेत व्यवस्थापन गर्न नसकेको आरोप लागिरहेको छ । हालै सम्पन्न निर्वाचनमा मतदाता सामु एजेण्डा, रणनीति, उदेश्य केहि प्रस्तुत गर्न नसकेको आरोप लागिरहेको बेला देउवाले सभापति हुनुपूर्व महाधिवेशनको समय गरेको प्रतिवद्धता कति पुरा गरे भन्ने बारेमा पनि खोजतलास हुन थालेको छ ।

महाधिवेशनमा सभापतिको लागि मत माग्दै दउवाले भन्नुभएको थियो– पार्टीमा निरन्तर योगदान पु¥याएका कर्मठ, क्षमतावान् र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीहरूलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्यभूति दिंदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागिता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन । यी सबै काम पूरा गर्ने नेतृत्वका लागि म दृढ र कृतसंकल्पित छु भन्नुभएका देउवाले पार्टीलाई विधानसम्बत रुपमा गतिशिल बनाउन नसकेको आरोप लागिरहेको छ ।

पार्टी सुदृढिकरण गर्ने कुरामा देउवाले मूल्याङ्कन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिनेछ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै देश र देश बाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकहरूको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिनेछ र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिनेछ बताउनु भएको थियो ।

नेपाली कांग्रेस पार्टीलाई युवा वर्गको आशा र भरोसाको केन्द्र बनाउन जरूरी रहेको औल्याउदै देउवाले पार्टी विधानको व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकको ऊर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउने प्रतिवद्धता गरेपनि सभापतिमा निर्वाचित भएपछि देउवाले आफुले गरेको प्रतिवद्धतालाई फर्केर नहेरेको पार्टीभित्र आरोप लागिरहेको छ ।

महाधिवेशनको बेला नेतृत्वको दाबी गर्ने नेपाली काग्रेसलाई सुदृढ र गतिशील बनाउन देउवाले बुदाँगत रुपमा गरेका प्रतिवद्धताहरु दुईवर्षसम्ममा पनि कार्यान्वयनको चरणमा नगएको बताइदै आएको छ । नेतृत्वको दावी गर्दै सभापति देउवाले दुई नम्बर बुँदामा भन्नुभएको थियो– नेपाली कांग्रेस पार्टीभित्र रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्याङ्कन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गरिने छ ।

उहाको यो प्रतिवद्धता व्यवहारमा अहिलेसम्म नदेखिएको केन्द्रिय सदस्यहरुले बताएका छन् । ‘नेताको होइन जनताको घर जाऊँ’ अभियान सञ्चालन गरिने बताएपनि देउवाले नेताको चाकडि गर्नेलाई नै प्राथमिकतामा राखेर अवसर दिएको आरोप छ ।

पार्टी सुदृढिकरण गर्ने कुरामा देउवाले मूल्याङ्कन पद्धतिलाई संस्थागत गर्न देशभरिका पार्टी कार्यकर्ताको विशेषता र योगदानको वैज्ञानिक अभिलेख राखिनेछ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै देश र देश बाहिर रहेका पार्टीका शुभेच्छुक र समर्थकहरूको योग्यता र उपयोगितासहितको अभिलेख पनि तयार गरिनेछ र उनीहरूको योग्यता र सीपलाई पार्टी निर्माणमा प्रयोग गरिनेछ बताउनु भएको थियो । साथै उहाले नेपाली कांग्रेस पार्टीका बुद्धिजीवी तथा शुभेच्छुकहरूको विचारसमूह (थिंक ट्यांक) को अवधारणालाई संस्थागत गरी पार्टी नीति र राष्ट्रिय नीतिनिर्माणमा विचार समूहबाट आएको सुझावको उपयोग पूर्ण रूपमा गरिने पनि बताउनु भएको थियो । यी कुनैपनि काम सभापतिमा निर्वाचत भएपछि हालसम्म हुन सकेको छैन ।

देउवाको अर्को महत्वपुर्ण प्रतिवद्धता संघीय संरचना अनुरूप पार्टी संरचनालाई रूपान्तरित गरिने पनि थियो ।

देउवाले पार्टीलाई शसक्त बनाउन जुझारु भ्रातृ संगठनहरु बनाउने भन्दै भ्रातृ संस्थाहरूलाई पार्टीको नीति र कार्यक्रममार्फत परिचालित र निर्देशित गरिने बताउनु भएको थियो । हालै सम्पन्न निर्वाचनमा काग्रेसका भातृसंगठनहरुलाई अपेक्षित रुपमा परिचालन गर्न नसकेको भनि नेतृत्वको आलोचना भैरहेको छ ।

काग्रेस विधानमा विभिन्न केन्द्रिय विभागहरु गठन गर्ने उल्लेख छ । पार्टीका विभागहरूलाई तत्काल क्रियाशील गराई पार्टी निर्माणको अभिन्न अंगका रूपमा संस्थागत गरिनेछ महाधिवेशनमा देउवाले प्रतिवद्धता पनि गर्नुभएको थियो । उहाले सम्बन्धित विभागहरूलाई नीतिनिर्माण र संगठन विस्तारको पूर्ण जिम्मेवारी दिइने पनि बताउनु भएको थियो । विधान अनुसार दुईमहिना भित्र गठन गरिसक्नुपर्ने यी विभागहरु देउवा सभापति भएको दुईवर्ष सम्ममा पनि गठन गर्न सक्नुभएको छैन । विधानले व्यवस्था गरेको समय सीमाभित्र विधानमा भएका पार्टी संरचनाका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरिने देउवाको प्रतिवद्धता थियो ।

देउवाको अर्को महत्वपुर्ण प्रतिवद्धता संघीय संरचना अनुरूप पार्टी संरचनालाई रूपान्तरित गरिने पनि थियो । तेह्रौं महाधिवेशनपछि यथाशीघ्र महासमितिको बैठक बोलाइने र महासमितिमा बदलिंदो आवश्यकता र अनुभवका आधारमा विस्तृत संशोधन प्रस्ताव प्रस्तावित गरिने भनेपनि उहाले दुईवर्ष सम्म महासमितिको बैठक बोलाउनु भएको छैन् ।

सभापति हुनुपुर्व देउवाको अर्को प्रतिवद्धता थियो– नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागलाई देशको बदलिंदो आवश्यकता अनुसार नीति र कार्यक्रमका सम्बन्धमा निरन्तर छलफल र बहस गर्ने थलोको रूपमा विकसित गरिनेछ । तर, सभापति निर्वाचित भएको दुईमहिना भित्र गठन गरिसक्नु पर्ने केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान अहिले सम्म गठन हुन सकेको छैन । काग्रेस भित्र केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान उपसभापतिको संयोजकत्वमा गठन गरिन्थ्यो । देउवाले अझै सम्म पनि उपसभापति, एक महामन्त्री एक सहमहामन्त्रीको मनोनित गर्न सक्नु भएको छैन । दुईवर्ष सम्म नेपाली काग्रेसभित्र प्रवक्ता समेत चयन भएको छैन् ।

पार्टी कार्यकर्तालाई दिइने प्रशिक्षण नेताहरूको भाषण गर्ने थलो र औपचारिकतामा सीमित नराखिने भन्दै देउवाले व्यावसायिकता र समय सान्दर्भिक विषयवस्तु केन्द्रित प्रशिक्षण सामग्रीमा आधारित प्रशिक्षणलाई केन्द्रदेखि गाउँतहसम्म नियमित बनाइने प्रतिवद्धता पनि व्यक्त गनुृभएको थियो । यो प्रतिवद्धता पुरा गर्ने अभियानको थालनी समेत नगरेको देउवामाथि आरोप लागिरहेको छ ।

प्रजातन्त्र सेनानी र द्वन्द्व पीडितहरूको सुरक्षाको विषयमा देउवाले भन्नुभएको थियो– प्रजातान्त्रिक आन्दोलनको विभिन्न कालखण्डमा योगदान पु¥याउनुहुने हजारौं कार्यकर्ता छन् । माओवादी हिंसात्मक आन्दोलनको बेला पीडा भोगेका हजारौं पार्टी कार्यकर्ता र शुभेच्छुकहरू छन्, उनीहरूको सुरक्षा र न्यायको सुनिश्चितता गर्नु पार्टीको दायित्व हो । उनीहरूको अभिलेखको यथार्थ व्यवस्था गरी सुरक्षा र न्याय दिलाउनुलाई आफुले महत्वपूर्ण दायित्वका रूपमा लिएको भन्दै देउवाले यस्ता पीडित र आर्थिक रूपमा दुर्बल कार्यकर्ताको सुरक्षाको लागि पार्टीको छुट्टै सुरक्षा कोष स्थापना गरिने पनि बताउनु भएको थियो ।

लेखा विभागको व्यवस्था अन्तर्गत पार्टीको आर्थिक व्यवस्थापनलाई पूर्ण रूपमा पारदर्शी बनाइने भन्दै यसको लागि स्थायी लेखा विभागको व्यवस्था गरी आर्थिक हिसाबकिताबलाई नियमित रूपमा सार्वजनिकीकरण गरिने प्रतिवद्धतालाई पनि उहाले पुरा गर्न सक्नुभएको छैन । पार्टीको क्रियाशील सदस्यता दिने विषयलाई लिएर हुने गरेको अनिश्चितता र असुरक्षाको स्पष्ट मापदण्डको आधारमा क्रियाशील सदस्यता दिने व्यवस्थालाई संस्थागत र पारदर्शी बनाइने पनि उहाको प्रतिवद्धता थियो । पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने र पार्टीको निर्वाचनलाई लिएर हुने गरेको अनिश्चितता अन्त्य गर्न र स्वतन्त्र एवम् निष्पक्ष ढंगले पार्टी तथा भ्रातृ संगठनहरूको निर्वाचन सम्पन्न गर्न पार्टीको आफ्नै स्थायी निर्वाचन आयोगको व्यवस्था गरिनेछ ।

देशले भोगेको द्वन्द्व र त्यसपछिका अस्थिरताका कारण लाखौं युवा नेपाली विदेशिएका छन् भन्दै देउवाले त्यसको ठूलो हिस्सा नेपाली कांग्रेसका समर्थक र शुभेच्छुकहरू रहेको बताउनु भएको थियो । ‘उनीहरू नेपालको विभिन्न भागमा बस्ने लाखौं परिवारसँग जोडिएका छन्’ देउवाले भन्नुभएको थियो– नेपाली कांग्रेसको संगठन उनीहरूलाई बिर्सिएर पूरा हुन सक्दैन । यसका लागि विधान संशोधन मार्फत सम्पर्क समितिहरूको विधानमा समानता ल्याइनेछ । सदस्यता अभियानलाई विस्तारित गर्दै जनसम्पर्क समितिहरूको क्षेत्रीय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिको व्यवस्था गरिने र जनसम्पर्क समितिहरूमा आवद्ध गैरआवासीय नेपालीहरूकोे ऊर्जा र सीपलाई पार्टी र देश निर्माणमा उपयोग गरिने भनि प्रतिवद्धता गरेपनि दुईवर्षको अवधिमा यसको कुनै थालनी भएको छैन ।

राष्ट्रिय जीवनको विविध क्षेत्र र विषयसँग सम्बन्धित भएर कार्यरत शुभेच्छुक संस्थाहरूको राष्ट्रिय सञ्जाल विकसित गरी पार्टीसँग निरन्तर सम्बन्ध विकसित गरिने कुरालाई पनि देउवाले अझै पुरा गर्न सक्नुभएको छैन । केन्द्रीय समितिको बैठकलाई एजेन्डासहित नियमित गरिने र पार्टीको स्थानीय तहसम्म यस्तो व्यवस्थालाई संस्थागत गरिने देउवाको अर्को प्रतिवद्धता थियो ।

नियमित केन्द्रिय समितिको बैठक नबसेको, कुनैपनि निर्णयहरु प्रक्रियागत ढंगले छलफल गरि नटुङ्गाएको पार्टी एकलौटी ढंगले सञ्चालन गरेको जस्ता आरोप खेप्दै आएका देउवाले आफुलाई सभापतिमा निर्वाचित गर्न आव्हान गर्दै महाधिवेशन प्रतिनिधिसंग गरेका प्रतिवद्धता पुरा गर्न ढिला भएको भन्दै पार्टीभित्र आलोचना भैरहेको छ

प्रतिक्रिया दिनुहोस्