एचएचसीए, भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि



काठमाडौं, (नेस)
एचएचसीए, भ्याली पब्लिक र पुष्पसदनले सातौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स तथा पुष्पसदन जुनियर ब्वाइजमा च्याम्पियन बने।
शंखमूलस्थित इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा एचएचसीएले भ्याली पब्लिकलाई ५९–५४ ले पराजित गर्यो। एचएचसीएको जितमा तेन्जिङ राईले १८ अंक योगदान गरे।

सिनियर गल्र्समा भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई १९–१७ को साँघुरो अन्तरले हरायो। भ्याली पब्लिककी सुजु गुरुङले १६ अंक जोडिन्। जुनियर ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले रेडिअन्टमाथि ३०–२१ को जित दर्ता गर्यो। पुष्पसदनका लागि रोजिन महर्जनले १३ स्कोर गरे।

सिनियर ब्वाइजमा एचएचसीएका तेन्जिङ राई, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्टि श्रेष्ठ तथा जुनियर ब्वाइजमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। सिनियर ब्वाइजमा एआईए, सिनियर गल्र्समा श्रीदिवा र जुनियर ब्वाइजमा एभरेस्टले अनुशासित टिमको उपाधि हात पारे।

माघ २६ गतेदेखि शुरू प्रतियोगिताको सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्