मुम्बई हमला भारत आफैंले रचेको षड्यन्त्रः किताब



बर्लिन, (एजेन्सी)
जर्मन लेखकले सन् २००८ को मुम्बई हमला भारत आफैंले गराएको दाबी गरेका छन्। उक्त आक्रमण भारत आफैंले रचेको षड्यन्त्र भएको उनले दाबी गरेका छन्।

आफ्नो एक नयाँ किताबमा मुम्बईमा सन् २००८ नोभेम्बर २६ मा भएको हमला पाकिस्तानमा सक्रिय कट्टरपन्थी संगठनले नभई भारत आफैंले इजरायल र अमेरिकाको मद्दतबाट गराएको उल्लेख गरेको छ।

जर्मन लेखक एलिस डविडसनले आफ्ना नयाँ किताब ‘भारतको धोकाघडी, २६ नोभेम्बरका प्रमाणहरूमा पुनर्विचार’ मा मुम्बई हमलाका सबै सबुत र साक्षीका बयानको गहन अध्ययन गरेका छन्। जर्मन लेखक डेविडसनको छवि विवादास्पद रहेको छ। यसअघि पनि उनले धेरै घटनामा विवादास्पद धारणा अगाडि सारेका छन्। सन् २००८ मा डविडसनले अमेरिकाको सेप्टेम्बर ११ को आक्रमण झुठो भएको दाबी गरेको छ। उनले उक्त हमलाका लागि अमेरिकी सुरक्षा एजेन्सी नै जिम्मेवार रहेको दाबी गरेका थिए।

लेखकको उक्त दाबीलाई लिएर भारत र पाकिस्तानमा नयाँ बहसको शुरूवात गरेको छ। भारतले उक्त आक्रमणका सूत्रधार हाफिज सइदलाई आतंकवादीका रूपमा व्यवहार गर्न र सजायँ तोक्न पाकिस्तानलाई दबाब दिँदै आइरहेको समयमा जर्मन लेखकको उक्त किताब प्रकाशित भएको हो।

किताबमा नरिमन हाउसको मामिलामा इजरायल र भारतले झुठा साक्षी तयार गरेको उल्लेख छ। जर्मन लेखकले मुम्बई हमलाले भारत र अमेरिकाले मात्र नभई इजरायलका व्यापारिक तथा नेताहरूलै पनि प्रचुर फाइदा लिएको प्रमाण दिएका छन्।

किताबमा आक्रमणको उद्देश्य हिन्दू कट्टरपन्थी, राष्ट्रवादी र सुरक्षा एजेन्सीहरूलाई फाइदा पुर्याएको दाबी गरिएको छ। आक्रमणको माध्यमबाट भारतलाई कट्टरपन्थीबाट लगातार खतरा रहेको सन्देश फैलाउने प्रयास गरिएको छ। यसको उद्देश्य कट्टरपन्थीविरुद्ध लडाइँ गरिरहेका देशसँग भारतसँग सम्बन्ध विकशित गर्नुथियो।

किताबमा आक्रमणमा संलग्न सबै संदिग्ध १५ दिनदेखि नरिमन हाउसमै बसिरहेको थियो भन्ने पसलेहरूको बयानलाई रिकर्डको हिस्सा नबनाएकोमा लेखकले प्रश्न उठाएका छन्। धेरैजसो साक्षीलाई तालिम दिइएको लेखकले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्