प्रेमको गीतमा मायालु जोडी



गायक अमृत क्षत्री मग मग बोलको गीतका साथ दर्शक स्रोतामाझ आएका छन्। यसको म्युजिक भिडियो पनि बनाइएको छ।

गीतको म्युजिक भिडियोमा अमृतसँगै उनकै श्रीमती संगीता क्षत्री देखिएकी छिन्। गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ। गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ। गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ। गीतलाई बुद्ध थापा र उनको टिमले छायांकन गरेका छन् भने यसलाई विकास धमलाले सम्पादन गरेका छन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्।

‘यो गीतमा माया गर्ने जोडीको प्रेमभाव व्यक्त गरिएको छ भने हामीले भिडियोमा पनि त्यही भाव देखाउने प्रयास गरेका छौं’, गायक क्षत्रीले भने– ‘यो गीत मेरो लागि खास छ, किनकि गीतमा मसँगै मेरी मायालु देखिएकी छिन्।’ म्युजिक भिडियोका निर्देशक निकेश खड्काले गीतअनुसार म्युजिक भिडियो तयार पारिएको बताए। ‘यसको अडियो जसरी तयार भयो त्यसरी नै त्यही भावमा म्युजिक भिडियो बनाइएको छ।’ –खड्का भन्छन्।

प्रतिक्रिया दिनुहोस्