प्रदेश ५ को उप–सभामुखमा एमालेकी थारु निर्वाचत



१३ सदस्यीय कार्य व्यवस्था परामर्श समिति मनोनित

यमलाल भुसाल, बुटवल ।
प्रदेशनम्बर ५ को उपसभामुखपदमा एमाले सांसद् कृष्णी थारु निर्वाचित हुनु भएको छ ।

प्रदेश नम्बर ५ को संसदको आईतवार बसेको तेस्रो बैठकले उपसभामुखपदमा एमाले सांसद् कृष्णी थारु लाई निर्वाचित गरेको हो ।

प्रदेश ५ मा शनिवार उपसभामुखको उम्मेदबारी दर्ता भएको हो निधारित समयमा र नेपाली काँग्रेसकी सांसद रिना नेपाल बिक र एमाले सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

बैठकमा सभामुख पूर्ण बहादुर घतीले दुई जनाको उम्मेदवारी परेकोले मत विभाजनका आधारमा थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेकोले बहुमत सदस्य उपसभामुखमा थारुको पक्षमा देखिएकोले निर्वाचित भएको घोषणा गर्नु भयो । पहिलो पटकमै थारुको पक्षमा बहुमत प्राप्त भएकाले दोस्रो उम्मेदवारको वारेमा मत विभाजन गर्न परेको थिएन । थारुको पक्षमा एमाले, माओवादी केन्द, राष्ट्रिय जनमोर्चा र संघिय समाजवादी फोरमले मतदान गर्नु भएको थियो भने विपक्षमा नेपाली काँग्रसले मतदान गरेका थिए ।

संविधानमा सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ ।तथा सरकार गठनमा सहमति भएकाले एमाले र माओवादी केन्द्र मिलेर यो प्रदेशमा सभामुख र उपसभामुख तथा सरकार गठनमा सहमति भएकाले उपसभामुखमा कृष्णीको जित पक्का भएको हो ।

एमाले र माओवादी केन्द्र मिलेर यो प्रदेशमा सभामुख माओबादीले लिएपछि उपसभामुख एमालेले पाएको होे ।

कमैया महिलाको अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दियाकी कृष्णी बाल्यकालदेखि नै अरुको घरमा काम गर्दै आएकी महिला हुन ।थारु विवाहपछि पनि जमिन्दारको घरमा काम गर्थिन् ।
२०५७ साउन २ गते सरकारले बाधा श्रमिक मुक्त भएको घोषणा गरेसगै उनी पनि मुक्त भएकी थिइन् ।

सरकारले कमैया मुक्त गर्दा मुक्त कमैयालाई पहिचान नदिएको भन्दै विभेदविरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी छिन् । संसदको बैठकले १३ सदस्यीय कार्य व्यवस्था परामर्श समितिमा मनोनित गरेको छ ।

सभामुख उपसभामुख,र कानुन मन्त्री पदेन सदस्य रहेको समितिमा एमालेका ३ माओवाी केन्द्र रनेपाली काँग्रेसका २ दुई र जनमोर्चा, सघिय समाजवादी फोरम र राजपावाट एक एक जनालाई मनोनित गरिएको छ । जसमा भुमिश्वर ढकाल,भोज प्रसाद श्रेष्ठ , नारायण प्रसाद आर्चाय एमाले, दधिराम न्यौपाने,र ईन्द्र जित थारु माओवादी, रमा अर्याल र बीर बहादुर राना नेका र तारा जिसी जनमोर्चा विजय यादव ससफो र राजपावाट पछि नाम पठाउने गरि समिति मा मनोनित गरिएको छ । संसदको अर्को बैठक आईतवार साभँ ५ वजे पुन बस्ने सभामुख घर्तिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्