जिवित मृग सहित सात जना पक्राउ



चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको विगु गाँउपालिका वडा नम्बर ४ सिंगटीबाट खैरो रंगको दुई सिंगे जिवित मृग सहित सातजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

गत फागुन १ गते विगु गाँउपालिकाको गोगरबाट बा ४ ख २१६ नम्बरको ट्रकमा लुकाई छिपाई सिंगटी तर्फ ल्याउदै गरेको अवस्थामा जिवित मृग सहित सात जनालाई पक्राउ गरीएको र आवश्यक अनुसन्धान पछि कार्वाहिको लागि गौरीशङ्कर संरक्षण क्षेत्रमा बुझाईएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

त्यसरी पक्राउ पर्नेहरुमा दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदीश शिवाकोटी, खुमप्रसाद शिवाकोटी, वडा नम्बर ७ का रमेश श्रेष्ठ, कुमार श्रेष्ठ, वडा नम्बर ५ का बिकी दास र रुपक बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्