सेनाको कारवाहीमा ७० लडाकू मारिए



अफगानिस्तान । तालिवान विद्रोही विरुद्ध सेनाले विहीबारग गरेको हवाई कारवाहीमा कम्तीमा ७० लडाकू मारिएका छन् । कारवहीमा १५ लडाकू घाइते भएका छन् ।

सेनाका प्रवक्ता खजवा यायाले तालिवान विद्रोहीहरु लुकेर बस्ने १२ वटा आश्रयस्थल ध्वस्त पारिएको जानकारी दिएका छन् । उनले तालिवान विरुद्धको कारवाही अझै जारी रहेकोे बताए । सेनाले केही सातादेखि त्यस क्षेत्रमा हवाई आक्रमण गर्दै आएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्