काठमाण्डौको लगनचोकमा आगलागि, २ घर ध्वस्त, एक घाईते, एकको अवस्था अज्ञात



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन्।
आलागिमा परी एकजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । एकजना बृद्धको अवस्था अज्ञात छ । शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । आगो के कति कारणले लागेको भन्ने थाहा भएको छैन् । प्रहरीका अनुसार आगलागिबाट दुवै घर जलेर नष्ट भएका छन् ।

अमृतलाल रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै थिए। जीवनकाजीको अवस्था अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् । उनलाई वीर अस्पतालमा सामान्य उपचार गरिएको छ ।

प्रविणले प्रहरीलाई दिएको जानकारीअनुसार बुवा जीवनकाजीलाई बाहिर निकाल्ने प्रयास गरे पनि नसकेपछि उनी बाहिर निस्किएका थिए । आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुका अनुसार जीवनकाजीको अवस्था थाहा हुन सकेको छैन । जीवनकाजी प्यारालाईसिसको समस्याबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्