लगनटोलमा आगलागी



नेपाल समाचारपत्र, काठमाडौं ।
लगनटोलमा शनिबार विहान आगलागी भएकोछ । काठमाडौं महानगरपालिका २१ स्थित लगनटोलको एक घरमा आगलागी भएको हो ।

स्थानीय अमृतलाल रञ्जीतको घरमा विहान ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा परेर प्रविणलाल श्रेष्ठ घाइते भएका छन् ।

रञ्जीतको घरका दुईवटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको बताईन्छ । आगो भिषणरुपमा फैलिएकोले गर्दा के कति क्षति पुगेको भन्ने विष्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्