अरूणाचल भ्रमणको विरोध



बेइजिङ, (एजेन्सी)
चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणलाई लिएर आपत्ति जनाउँदै यसको राजनीतिक विरोध गर्ने बताए। चीनले अरुणाचललाई दक्षिणी तिब्बत भन्ने गरेको छ र आफ्नो हिस्सा भएको दाबी गर्दै आइरहेको छ। प्रधानमन्त्री मोदी बिहीबार अरुणाचल भ्रमणमा गएका थिए। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयांगले चीन–भारत सीमाको प्रश्नमा चीनको पहिलेको जस्तै र प्रस्ट रहेको बताए। उनको सरकारले कहिले पनि अरुणाचललाई प्रदेशलाई मान्यता दिएको छैन र उसले भारतीय नेताहरूको विवादित इलाकाको भ्रमणलाई लिएर कडा विरोध गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्