एन्फा अध्यक्षमा शेर्पा र कुँवर भिड्ने



काठमाडौं, (नेस)श
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि २ उम्मेद्वारीबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार एन्फाको वरिष्ठ उपाध्यक्ष मणि कुँवरले उम्मेद्वारीको घोषणा गरेपछि आगामी चैत १४ गते एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पासँग लड्ने पक्का गरेका हुन्। शेर्पा एन्फाको असन्तुष्ट पक्षबाट उम्मेदवारी हुन् भने कुँवर संस्थागत पक्षका हुन्। एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले उम्मेद्वारी नदिने घोषणा गर्दै कुँवरलाई समर्थन गरेका छन्।

अध्यक्ष श्रेष्ठले बताए– ‘हामीले शुरु गरेका कतिपय काम पूरा गर्न पनि संस्थापनकै उम्मेदवारलाई मेरो समर्थन हुनेछ।’ म यसपटक उम्मेदवार बन्दिनँ।

यस्तै हिजै शेर्पाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उनी अध्यक्षको उम्मेदवारी छन् भने उनलाई समर्थन गरेका कृष्ण थापा उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन्। यस्तै एन्फाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले महासचिव पदका लागि उम्मेदवारी नामांकन गरेका छन्। तुलाधर र थापा शेर्पाले उम्मेदवारी दिनअगाडिसम्म अध्यक्ष पदका लागि लड्ने घोषणा गरेका थिए। यी दुवैले शेर्पालाई समर्थन गरेपछि शेर्पाले यसपटक चुनाव जित्ने आशा गरेका छन्। गत वर्ष मंसिरमा भएको चुनावमा शेर्पा वर्तमान अध्यक्ष श्रेष्ठसँग ५ मतले हारेका थिए।

विगतमा १७ सदस्यीय कार्यसमितिका लागि ६० जना सम्मको उम्मेदवारी पर्ने गरेको एन्फामा अन्त्यमा सर्वसम्मत नेतृत्व चयन हुने परम्परा थियो। तत्कालीन एन्फा अध्यक्ष गणेश थापाको बहिर्गमनपछि गत वर्ष अध्यक्ष र एक उपाध्यक्षमा बाँकी कार्यकालका लागि निर्वाचन भएको थियो।
गत चुनावमै रिक्त उपाध्यमा कँुवर, उपेन्द्रमान सिंह र दीपक खाती उपाध्यक्षमा लडेका थिए। जसमा संस्थापन पक्ष कुँवर निर्वाचित भएका थिए। गत वर्ष ५ मतले पराजित भएका शर्पाकै समूहबाट उपेन्द्रमान यसपटक पुनः उपाध्यक्षमा निर्वाचन लड्ने तय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्