बंगाली गीतको भिडियोमा नेपाली मोडल



मोडल तथा निर्देशक नारायण ढकालद्वारा अभिनित बंगलादेशी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बंगलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको तोमर आकाश बोलको म्युजिक भिडियोमा नारायण ढकालको साथमा बंगलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन्।

म्युजिक भिडियोलाई बंगलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका छन्। बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन्। संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अफर्”ज्जामनले छायांकन गरेका छन् भने वाम्मी रहमानले सम्पादन गरेका छन्। यस गीतको म्युजिक भिडियो र कलाकार छनोटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्