राजनीतिक स्थायित्वले मुलुक समृद्ध हुन्छः राष्ट्रपति भण्डारी



अनिल खत्री, गुल्मी
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्व र दिगोशान्ति कायम गर्दै सुखि नेपाली समृद्धि नेपाल निर्माण गर्ने कार्यभार पूरा गर्न मुलुक अग्रसर भएको बताएकी छन्। शुक्रबार गुल्मीको रुरु गाउँपालिका १ रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको सतवार्षिकी अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संस्कृति शिक्षाको आधुनिकीकरण गर्दै समृद्ध समाज विकास गर्न जोड दिनुपर्ने बताउनुभयो।

उहाँले सामाजिक तथा सांस्कृतिक सहिष्णुता सद्भावलाई थप सुदृढ पार्दै देशको गौरवशाली मौलिक पहिचानसहित अघि बढने हाम्रो दायित्व हुनुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले शैक्षिक विकासमार्फत ज्ञानका विभिन्न क्षेत्रहरूको उजागरण गर्नु यस सन्र्दभमा उपयुक्त हुने विश्वास गर्नुभयो।

उहाँले संस्कृत प्राचीनतम् भाषाका अतिरिक्त अधिकांश भाषाहरूको जननी ज्ञान र एवं वौद्धिकताको अथाहा भण्डार भएको बताउनुभयो। यो भाषा र यसमा लिखित बहुमूल्य प्राचीन गन्थ्रहरू हाम्रा पूर्खाहरूले आर्जन गरेका ज्ञान र विज्ञानका अपरिचित उपलब्धीहरू समाविष्ट भएको बताउनुभयो। तर यस भाषाको समुचित संरक्षण हुननसक्दा भाषासँगै यसमा अन्तरनिहित धेरै समृद्ध ज्ञानबाट आजको मानव समुदाय बिमुख हुनुपरेको बताउनुभयो।

उहाँले सयौं वर्ष पहिले स्थापना भएको विद्यालयले महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले यस विद्यालयबाट उत्पादित जनशक्तिले गुल्मी र आसपासका जिल्लाहरूमा मात्रै नभई राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्याउनु विद्यालयको निम्ति गौरवको विषय भएको बताउनुभयो।

रुरु क्षेत्र धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले चीन र भारत जोडने निर्माणाधीन कालिगण्डकी करिडोरले रुरु रिडी मुख्य व्यापारिक नाका बन्ने बताउनुभयो। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलसँगै प्रस्तावित लुम्बिनी चक्रपथमार्फत रुरु क्षेत्रसँगै सबै पर्यटकीय स्थल गरेर आबद्ध गरेर एउटा उतकृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो।

उनले गुल्मी, पाल्पा स्याङ्जाको संगम क्षेत्र रुरु धार्मिक नेवार मगरलगायत विभिन्न जातजातिहरूको संस्कृतिहरूको केन्द्र रहेको बताउनुभयो। रिडीस्थित संस्कृत तथा साधारण माविले १ सय वर्ष पूरा गरेको अवसरमा सतवार्षिकी उद्घाटनसँगै गुल्मीकै मुसिकोट नगरपालिका भुवाचिदिमा रहेको त्रिभुवन माविले ५० वर्ष पूरा गरेको अवसरमा आयोजित स्र्वणमहोत्सव कार्यक्रमको उद्घाटनसमेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्