छाडा चौपाया व्यवस्थापन नहुदाँ समस्यामा स्थानिय



हरक सिंह धामी, कञ्चनपुर ।

कञ्चनपुर जिल्लाको सदुरमकाममा रहेको भिमदत्त नगरपालिकामा छाडा चौपाया व्यवस्थापन हुन नसक्दा कञ्चनपुरका बासिन्दाका लागि निक्कै समस्या सृजना भएको छ । छाडा चौपायाले करेसाबारी नोक्सान गर्ने देखि दिएर सवारी आवागमनमा बाधा पार्नुका साथै बिभिन्न सडक दुर्घटना समेत निम्त्याउने गरेका छन् ।

छाडा चौपायाले जथाभाबी फोहर गरिदिदा सडक र शहर दुबै दुषित पारेको छ भने बिभिन्न ठाउमा हुने छाडा चौपायाको मृत्युका कारण समेत वाताबरण दुषित हुने र बिभिन्ना खाले रोगहरु लाग्ने सम्भावना रहेको छ । बजार क्षेत्र र आसपासका क्षेत्रका अधिकांस बासिन्दाहरुको समय छाडा चौपाया लखेटनमै बित्ने गरेको छ ।

छाडा चौपायाहरुले बालीनाली नोक्सान गर्नुका साथै सडकमा जताततै बस्ने भएका कारण सडकमा आवत जावत गर्ने सवारी साधनहरुलाई बाधा पुरयाएका छन् । रातको समयमा समेत सडकमै हुने भएका कारण सडकको आवागमन असहज बनेको छ । छाडा चौपायाले आवागमनमा अबरोध पुरयाउनका साथै बालीनाली खाने र सडक फोहोर समेत गर्ने गरेकाकारण यसलाई सम्बन्धित निकायले ब्यवस्थापन गरिदिन स्थानियको माग रहेको छ ।

छाडा चौपायाले खेतीपाती खानुका साथै राती सुुत्न समेत नदिएको भन्दै नगरपालिकाले ब्यबस्थापन गर्नेमा आशाबादी रहेको समेत उहाँहरुको भनाई रहेको छ । गाडी, रिक्शा र अटोरिक्शा चालकहरुले समेत छाडा चौपायाका कारण निककै समस्या हुने गरेको बताएका छन् । छाडा चौपायाले रातीको समयमा आप्नो करेसा बारी, गहुबाली र अन्य नगते बालीखाने गरेका छन् त्यस कारण आफुले रातीको समयमा राम्रो संग निदाउन नपाउने भिमदत्त नगरपकलिका वडा नं.३ का स्थानिय बासिन्दा बिस्ना बिष्टले गुनासो गर्नुभयो । स्थानिय निकायको निर्वाचनका बेला सबै जसो राजनितीक दलका घोषणा पत्रमा छाडा चौपाया ब्याबस्थापनका प्रतिबद्धता जनाएको भएपनि स्थानिय निकायमा जनप्रतिनिधि आइसकेपछिको समयमा भने यो समस्या झनै थपिएको छ ।

एकातिर स्थानिय बासिन्दाले दुध दिदा सम्म गाई भैसि पाल्ने र बाझो हुदा छोडने परम्पराले समस्या सृजना गरेको छ भने अर्कोतिर स्थानिय निकायको निर्वाचन सम्पन्न भएसंगै स्थानिय निकायले यसको ब्यबस्थापन गर्ने हल्लाका कारण घर घरबाट धेरै जसो कृषकहरुले चौपाया छोडिदिदा समस्या झनै बल्झिएको हो । जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दामोदर केसिले छाडा चौपायाका कारण सुरक्षा चुनौती थपिएको बताउनु भएको छ । छाडा चौपायाका कारण धेरै सडक दुर्घटनाहरु समेत हुने गरेको उहाँको भनाई रहेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले छाडा चौपाया ब्याबस्थापनको कार्य सुरु भैरहेको बताउनु भएको छ । नगरपालिकाले बागफाटामा भाडामा जमिन लगेर तारबार गरिरहेको र टहरा निर्माणको कार्य जारी राखेको उहाँको भनाई रहेको छ । अल्पकालिन र दिर्धकालिन ढंगले समस्या समाधानगर्न लागि परेको भन्दै यसका लागि छिमेकी नगरपालिकाहरु संग समेत सहकार्य गरेर अगाडी बढिरहेको बताउनुभएको छ ।

छाडा चौपायाको व्यबस्थापन त्यती सहज नभएको भन्दै यसका निम्ती सबै सरोकारवाला निकायहरु तयार हुनुपर्ने र स्थानिय जनताहरुले पनि साथ दिन आवश्यक रहेको उहाँको भनाई रहेको छ । भीमदत्त नगरपालिकाका छाडा चौपायालाई बागफाटामा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

यसरी दुध दिनजेलसम्म मात्र चौपाया पाल्ने प्रवृत्तीका कारण बिभिन्न समस्या सृजना साथै ती छाडा चौपाया व्यवस्थापन गर्ने काममा सरकारी बजेट खर्च हुने भएकाले बिकास निर्माण कार्यमा अवरोध हुनुका सार्थ दिर्घकालिन समस्या सृजना हुने देखिनछ । यस कारण सरकारी पक्षबाट पहल हुनु अति आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्