५ नम्बर प्रदेशको सरकारले गर्यो ८ बुँदे निर्णय



यमलाल भुसाल, बुटवल ।
५ नम्बर प्रदेशमा विहिवार सरकार नियुक्त भएको मन्त्री परिषदको पहिलो वैठकले विभिन्न ८ वुदे निर्णय गरेको छ ।

जस अनुसार प्रदेश ५ को प्रवक्तामा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई चयन गरेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले प्रदेश सभाको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गराउने सवैतहकालाई धन्यवाद दिने निर्णय गर्नुका साथै केही सार्वजनिक लिखत २०७४ र प्रदेश सा नियमावली स्वकृत गरेको छ ।

त्यसैगरी प्रदेश कानुर मसयौदा जारी गर्ने मन्त्री तथा सभामुखको सपथको समर्थन र प्रदेश सरकारको तर्फवाट गरिएका निर्णय र कर्मचारीको ढाचा तयार गर्ने निर्णय गरिएको प्रवक्रा चौधरीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्