४ नम्बर प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ



उनको शपथसँगै एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

नेपाल समाचारपत्र, पोखरा ।
प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रदेशप्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । प्रदेश ४ का एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शपथलगत्तै गुरुङले दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री गुरुङको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री गुरुङले शपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्