राष्ट्रपति रनिंग शिल्ड फागुन १९ गतेदेखि



विनोद सिंह विष्ट–बैतडी
बैतडीमा यही फागुन १९ गतेदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता हुने भएको छ । राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता कृष्ण मावि पाटनको खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, कबडड्ी र एथलेटिक्स प्रतियोगिता हुने जनाएको छ।प्रतियोगितामा जिल्लाभरीका माविहरुलाई सहभागि गराइने छ । प्रतियोगितामा सहभागी हुने विद्यालयहरुले फागुन १७ गते सम्म नाम दर्ता गराईसक्नु पर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्टपति रनिंग शिल्ड प्रतियोगिताको बिजेताले १५ हजार, उपविजेताले १२ हजार र तेश्रो स्थान प्राप्त गर्नेले ९ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिमा १८ बर्षमुनिका खेलाडीहरुलाई मात्रै सहभागी गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्