भुकम्पले क्षति भएका स्वास्थ्य संस्था अव युएनडिपीले बनाउने



शालिकराम चालिसे,नुवाकोट
विनासकारी भूकम्पले क्षति पुगेको नुवाकोटको स्वास्थ्य संस्थाहरु ऋव युएनडिपीले बनाउने भएको छ ।
कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि काम नगरेपछि भवनहरु अव युएनडिपीले बनाउने भएको हो । नुवाकोटको १० स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेले बताए ।
नुवाकोटको बेलकोट, ओखरपौवाको सिसडोल, रातमाटे, दुईपिपल, लिखु, पञ्चकन्या, थप्रेक, घ्याङफेदी, चारघरे र सूर्यमतीको स्वास्थ्य चौकी कोइकाले निर्माण गर्ने प्रतिबद्धता जनाए पनि जिम्मा लिएको १ वर्षसम्म पवि निर्माण शुरु नगरेपछि स्वास्थ्य मन्त्रालयले विकल्पमा युएनडिपीलाई निर्माण गर्न जिम्मेवारी दिएको घिमिरेले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसार एकवर्षअघि नेपालका लागि कोरियाली राजदूत आएर बेलकोटमा रहेको स्वास्थ्य चौकी निर्माणको शिलान्यास गरेपनि कामको प्रगति शून्य भएकाले भवन निर्माणको जिम्मेवारी परिवर्तन गरिएको हो ।
दश स्थानमध्ये दुईपिपल स्वास्थ्य चौकी निर्माणका लागि नेपाल सरकारबाट बजेट प्राप्त भएपछि बाँकी ९ स्थानका स्वास्थ्य चौकी निर्माण युएनडिपीमार्फत गराउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्