टिपर दुर्घटनामा ३ को मृत्यु



नानीराम नेपाल, सिन्धुपाल्चोक।
सिमा नाका तातोपानी बाट बार्हबिसे आउँदै गरेको मिनि टीपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजेको समयमा बार्हबिसे नगरपालिका ६ स्थित बोर्डरल्याण्ड रिसोर्ट नजिकै बा ४ ख टीपर दुर्घटना हुँदा बार्हबिसे ८ का शेखर अधिकारी, सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको जिल्ला  ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव निरीक्षक उपेन्द्र बुढाथोकिले जानाकारी दिए । उनका अनुसार उक्त टिपर सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्