घलेगाउँ चिनाउन सालैजो



लमजुङ, (नेस)। लमजुङको ऐतिहासिक १ गाउँ चिनाउन म्युजिक भिडियोको निर्माण गरिएको छ। दोर्दी गाउँपालिका ६ कीर्तिपुरस्थित घलेगाउँ चिनाउनका लागि म्युजिक भिडियो निर्माण गरिएको हो।

गाउँमा होमस्टेसहित ग्रामीण पर्यटकीय गतिविधिको प्रचार गर्न म्युजिक भिडियो बनाइएको हो। लिःल फङ (घले समाज) केन्द्रीय कलाकार विभागका अध्यक्ष गायक हिमाल घलेको सालैजो गीतमा म्युजिक भिडियो छायाङ्कन गरिएको घले संरक्षण कोषका अध्यक्ष वीरसिंह घलेले बताए।

भिडियोमा १६ जना कलाकारले नृत्य गरेका छन्। गुरुङ फिल्मका नायक गमन घले र लिःल फङ (घले समाज) का केन्द्रीय कलाकार विभागका उपाध्यक्ष विष्णुकुमारी घले मुख्य भूमिकामा छन्। त्यसैगरी, अन्य कलाकारमा सन्तोष घले, काशी घले, सिर्जना घल शशी घले, मुना घले, लक्ष्मी घले, कुशुम घले, पुनम गुरुङ, सुचित्र घले, सरश्वती घले, सुरज घले, प्रवीन घले, माइकल घले, कुशल गुरुङ, विक्रम घले, सुवास घले, अनिश घले र सुरज घलेले नृत्य गरेका छन्। यसको नृत्य निर्देशन लवसङ गुरुङले गरेका छन् भने दुर्गा पौडेलले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्