एनसेलका टावरमा प्रहरीको निगरानी



विमल विष्टडोटी
नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समूहले एनसेल मोबाइलको टावरमा क्षति पु¥याउन थालेपछि डोटीमा रहेका एनसेलका टावरमा प्रहरीले आफनो निगरानी बढाएको छ । डोटीमा रहेका एनसेलका टावरहरुको संख्या संकलन गरी प्रहरीले छड्के रुपमा टावरमा आफनो निगरानी बढाउन थालेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै एनसेलको टावरमा क्षती पु¥याउने बिप्लब समुहका कार्यकर्ताहरुको पनि प्रहरीले तत्थ्यांक संकलन गरी रहेको प्रहरी श्रोतले बतायो । प्रहरीले डोटीमा रहेका बिप्लब माओबादीहरुका कार्यकर्ता तथा नेताहरुको बसाई उठाई देखी को कहाँ र किन गए सबै संकलन गरीरहेको बताईएको छ । ज्ल्लिा स्थित एकजना प्रहरी अधिकारीले भन्नु भयो ‘बिप्लब माओबादीको गतिबिधिका बारेमा सुक्ष्म तरीकाले बुझिरहेका छौ,कहि केही गर्न खोजे पक्राउ गरीहाल्छौ ।’

प्रतिक्रिया दिनुहोस्