कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस



नेपाल समाचारपत्र, विराटनगर ।

नेपाली कांग्रेसलाई प्रदेश नम्बर १ को संसदीय नेता छान्न सकस भएको छ । प्रदेश नम्बर १ बाट प्रतिपक्षदलको संसदीय दलको नेताका आकांक्षी धेरै भएपछि कांग्रेसलाई निर्णय गर्न समस्या भएको हो । प्रदेश नम्बर १ बाट प्रदेशसभामा नेपाली कांग्रेसले २१ सिट प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ जना प्रदेशसभा सदस्य बनेका छन् । अहिले प्रदेश नम्बर १ बाट संसदीय दलको नेताकाक लागि ५ जनाको नाम चर्चामा आएको छ । संसदीय दलको नेतामा प्रदेशसभामा प्रत्यक्षतर्फ जित हासिल गरेका मोरङका केदार कार्की,सुनसरीका राजीव कोइराला,उदयपुरका हिमाल कार्कीले दावी गरेका छन भने समानुपातिकबाट लोकप्रसाद संग्रौला र शेखरचन्द्र थापाको नाम पनि चर्चामा छ ।

दलको नेतामा आंकाक्षी धेरै भएपछि केन्द्रको निर्णय अनुसार नै आफूहरु अगाडि बढ्ने आकांक्षीहरुले बताएका छन । नेपाली कांग्रेसले फागुनको पहिलो साता भित्र प्रतिपक्षदलको संसदीय दलको नेता चयन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्