आमाबुवाको निधनपछि साना बच्चाहरुको विच्ल्ली



रुकुमको सानीभेरी गाँउपालिकाको एक परिवारका बच्चाहरुको बुवाको झाडापाखाला र आमाको क्यान्सरबाट मृत्यु भएपछि बच्चाहरुको बिचल्ली भएको छ ।

धनवीर दाहाल, रुकुम ।

रुकुमको सानीभेरी गाँउपालिका ११ का ३ वालक अभिभावक बिहिन भएपछि उनीहरुको बिचल्ली भएको छ । २०७१ सालमा झाडापखालाबाट धर्मे खड्काको र गत बैसाख २० गते उनकी कि श्रीमति मगी खड्काको स्तन क्यान्सरबाट ज्यान गएपछि उनका ३ छोराको बिचल्ली परेको छ । उनीहरु यतिबेला अभिभावक बिहिन बनेका छन् । साविकको अर्मा गाबिस वडा नं ७ का उनीहरु आफन्तको घरमा बस्दै आएका छन् । बालकहरुको पठन पाठनको कुरै छाडौ खान लगाउनको निकै समस्या छ ।

१३ बर्षका बलबहादुर खड्का,९ बर्षका गोपाल खड्का र ६ बर्षका धनबहादुर खड्का उमेरको हिसावले पढ्ने भइसकेका छन् । उनीहरुलाई यतिबेला शिक्षा भन्दा ठुलो कुरा खान लगाउनको छ । आफुहरुलाई खान बस्न र पढ्न निकै समस्या भएकोे पिडित वालक बलबहादुर खड्का बताउँछन् । सानीभेरी गाँउपालिकामा कार्यरत सामाजिक परिचालक कमल डाँगीले यि बच्चाहरुको सहयोगका लागी याचना गरिरहेका छन् । उनले वालवालिकासँग काम गर्ने सरकारी तथा गैरसरकारी निकायलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

जिल्ला वालकल्याण समितीले १० हजार नगद सहयोग गरेको बताएको छ । वालअधिकार अधिकृत मानविर ओलीले उनीहरुलाई थोरै भएपनि सहयोग गरिएको जानकारी गराएका छन् । वालवालिकाको क्षेत्रमा काम गर्ने धेरै निकाय छन् । तर अभिभावक बिहिन भएका यस्ता वालवालिकाको उद्धारका लागी खासै कसैको चासो गएको देखिँदैन ।

ति बालकहरुकी आमा मगी खड्का स्तन क्यान्सरका कारण उपचार हुन सकेपछि ज्यान गयो । आमा मगी बिरामी भएदेखि साना बालबालिहरुको बिचल्ली भएको हुँदै आएको थियो । श्रीमानको मृत्युपछि बालबच्चाको पालनपोषण गर्ने एक मात्र अभिभावक रहेकी उनको क्यान्सरका ज्यान गएपछि साना बच्चाहरु बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्