पाकिस्तानलाई चेतावनी



नयाँदिल्ली, (एजेन्सी)
भारतका रक्षामन्त्रीले गत सप्ताहन्तमा भारत नियन्त्रित काश्मिरको एक सैनिक शिविरमा भएको आक्रमणलाई लिएर इस्लामावादलाई त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। उक्त आक्रमणका पछाडि पाकिस्तानस्थित लडाकू समूह जैस इ मोहम्मदका लडाकूहरू जिम्मेवार रहेको उनले बताए। रक्षामन्त्री निर्मला सितारमणले जम्मुमा पत्रकारसँगको कुराकानीमा नयाँदिल्लीले पाकिस्तानलाई उक्त प्रतिबन्धित आतंकवादी समूहको आक्रमणकासँग जोडिएका प्रमाण बुझाउने बताए। जम्मुबाहिर सुन्जुवान सैन्य शिविरमा केही सशस्त्र लडाकू प्रवेशपछि भएको आक्रमणमा ५ सैनिकसहित ८ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्