नरिसाइदेऊ आज



यो शब्दहरु कोरिराखेको छु तिमीमा
आज यो संसारले मायाको सास फेर्ने दिनमा

समर्पण नै गरूँ कि यो ज्यान तिमीमा
सुम्पिदिऊँ कि यो मनै तिमीमा

चढाऊँ कि भेटी यो शिरै तिमीमा
टेकूँ कि घुँडा फूलै लिई हातमा

आक्रोशित नबनिदेऊ तिमी ममा
जल्छ यो मुटु आगोको रुपमा

निभाउन सक्दिनँ आफूमा
अनि लाचार बन्छु तिम्रै सामुमा

हेरी तिम्रो मुहारमा छाउँछ सूर्यमा ग्रहणसरी
देख्न सक्दिनँ म आफूमै, अँध्यारो बादलजस्तै तिमीमा

रिस रहन्छ मेरो, चैत्रको हुरी जस्तै तिमीमा
तर रिसाइदिन्छौ तिमी युगौंयुगजस्तै ममा

अँध्यारोमा उज्यालो दीपजस्तै
कहिले माया त कहिले रिस उठ्दो रहेछ तिमी र ममा

त्यसैले अनुरोध छ प्रिय तिमीमा
एकपल्ट हाँसी देऊ आजको यो भ्यालेन्टाइन डेमा
–दिनेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्