प्रदेश पाँचको सभामुखमा माओबादी केन्द्रका नेता घर्ती पक्का



यमलाल भुसाल बुटवल ।
पाँच नम्बर प्रदेशमा सभामुखका लागि एकिकृत नेकपा माओबादीका नेता रुकुमका पूर्ण बहादुर घर्तीको उम्मेदबारी परेको हो । पांच नम्बर प्रदेशमा बाम तालमेलका कारण घर्ती सभामुख बन्ने पक्का भएको छ ।

बुधवार फागुन २ गते १० बजे बस्ने संघीय बैठकमा सभामुखको निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।

यसका लागि संसद सचिवालयमा मंगलवार मनोनयन दर्ता गरिएको हो ।

सभामुखका लागि घर्तीको मात्र एकल उम्मेदवारी परेकोले निर्विरोध हुने भएको छ । नेपाली काँग्रेसका सांसद वीर बहादुर रानाले काँग्रेसले सभामुखमा उम्मेदवारी दिने वारे कुनै निर्णय नगरेको बताउनु भयो ।
काँग्रेसको संसदीय दलकोबैठक पनि बसेको छैन र सभामुखको सवालमा कुनै निर्णय गरेको छैन ।

बिहान १० बजेदेखि दिउसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको थियो ।

घर्तीलाइ सभामुखमा निर्बाचित गरियोस् भन्दै माओबादीका सचेतक दधिराम शर्मा प्रस्ताबक र एमालेका सचेतक भुमेश्वर ढकालको समर्थन सहित मनोनयन पत्र प्रदेश सचिब शंकर पाठकलाई बुझाइएको हो ।

बाम गठबन्धन बिच यस अघि नै भएको सहमती अनुसार प्रदेश नं. ५ मा नेकपा एमालेलाइ मुख्यमन्त्री र माओवादीलाई सभामुख दिइने सहमती भएको छ ।

बुधवार निर्बा्चित हुने सभामुखले प्रदेश प्रमुखसंग सपथ लिने ब्यवस्था छ । सपथ पछि सभामुखले कार्यभार सम्हाल्ने छन् ।

प्रदेश ५ ले फागुन ३ गते सानो आकारको मन्त्रीमण्डल पाउने भएको छ । फागुन ३ गते ३ बजे ३ जना मन्त्रीले सपथ लिने कार्यक्रम छ । मुख्यमन्त्रीमा शंकर पोखरेल तथा एमालेका बैजनाथ चौधरी ृनवलपरासीे र माओबादीका कृष्णध्वध खड्का प्युठान मन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्