बललाई १ लाखसहित प्रतिभा पुरस्कार



पत्रकार तथा फिल्म निर्देशक फूलमान बल सम्मानित भएका छन्। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले कवि, कथाकार, पत्रकार एवं फिल्म निर्देशक बललाई शनिबार राजधानीमा आयोजित एक समारोहबीच बललाई १ लाख रुपियाँसहित प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नगद र ताम्रपत्र तथा प्रतिभा प्रतिष्ठानका पूर्वअध्यक्ष एवं साहित्यकार दयाकृष्ण राईले फूलमाला र दोसल्ला पहिराई उनलाई सम्मान गरेका हुन््। पत्रकारिता गर्दै साहित्यमा आफ्नो छुट्टै पहिचान बनाएका बललाई सम्मान गर्न पाउ”दा खुसी लागेको साहित्यकार काइँलाले बताए। प्रतिभा प्रतिष्ठान स्थापनाको दसौं वर्षको अवसरमा कवि वेणु आचार्यलाई २० हजार रुपियाँसहित प्रतिभा सम्मान प्रदान गरिएको थियो। त्यसै गरी नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा योगदान पुर्याउँदै आएको तीन संस्थालाई पनि यसपटक सम्मानित गरिएको थियो।

गौरी मल्ललाई पितृशोक अभिनेतृ गौरी मल्ललाई पितुशोक परेको छ। अभिनेतृ मल्लको पिता धनबहादुर मल्लको उपचारका क्रममा सोमबार छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो। छाती, न्युरो र पिसाबसम्बन्धी समस्या बेहोरिरहेका धनबहादुरलाई साढे ३ महिनादेखि उपचारार्थ सैनिक अस्पतालमा भर्ना गरिएको थियो।

८४ वर्षीय उनी नेपाली सेनाको मेजर थिए। उनको परिवारमा पत्नी तथा गौरीसहित ३ छोरी छन्। स्व. मल्लको सोमबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्