सेनाको श्रमदान: मन्दीर देखि बिद्यालय नर्माणसम्म



अनिल खत्री, गुल्मी ।

गुल्मीमा नेपाली सेना सामाजिक कार्यमा रुची देखाएको छ । देश र जनताधनको रक्षार्थमा खटिने नेपाली सेनाले बेला बखतमा समाजिक कार्यपनि गर्दै आएका छन् । गुल्मीमा रहेको बिरभद्रजंग गुल्मले देखिनेगरि नै सामाजिक काम गर्न अग्रसर देखाएको हो ।

सेनाले जिल्लाका २ स्थानमा समाजमा प्रभाव पार्ने गरि नै सामाजिक कार्य गरेको छ । सेनाले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित धागिथुम भगवती मन्दीर परिसरमा ६ वटा मन्दिर निर्माण गरेको छ । मन्दीर व्यावस्थापन समितिको अनुरोधमा झण्डै २ महिना लामो समय लगाएर नयाँ थप ६ वटा मन्दीर निर्माण गरिदिएको मन्दीर व्याबस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।
मन्दीरको तर्फबाट नयाँ मन्दीर निर्माण गर्दै छौ सेनाबाट सहयोग चाहियो भनेर अनुरोध गयौं अध्यक्ष थापाले भने ‘उहाँहरुले सहजतापूर्व काम गर्नुभयो ।’ मन्दीरमा मर्मत सेनाले नै गरिदिएको थियो थापाले भने ‘बिभिन्न ५ जना व्यक्तिीले प्रति मन्दीरको निर्माण सामाग्रीलाई मात्रै ६५ हजार सहयोग भएको थियो बाकी सेनाबाट श्रमदानबाट सम्पन्न भयो ।’

व्यारेक परिसरमा रहेको मन्दीरमा नेपाली सेनाबाटै बेला बखतमा मर्मत कार्यमा सहयोग हुँदै आएको थियो अध्यक्ष थापाले भने ‘पछिल्लो समयमा ठुलो लागतमा काम गरेर सनाले मन्दीरको लागी ठुलो सहयोग भयो ।’ मन्दीर निर्माणमा सेनाले सेनाले झण्डै २ महिना लगाएर निकै कलात्मक ढङ्गले निर्माण गरेको छ ।

सेनाले निर्माण गरेका मन्दीरहरु झण्डै १४ लाख लागत बराबरको रहेको भिरभद्रजंग गुल्मले जनाएको छ । निर्माण गरेका ६ वटा मन्दीरहरु मध्ये ५ वटामा समितिले नयाँ मुर्तिहरु राख्ने र १ मन्दीरमा सेनाले मुर्ति राख्ने मन्दिर व्याबस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।
निर्माण गरेको मन्दीरहरुमा गणेश,सुर्यनारायण,राधाकृष्ण,चण्डीभगवती,भैरवीदेवी लगायतका रहेका छन् । ति मन्दीरहरुमा पार्वती थापा,रमेश कुवँर,शिब थापा,उदयबहादुर थापा,प्रमबहादुर थापले मुर्ति शौजन्य गर्ने अध्यक्ष थापाले बताए । समितिका अध्यक्ष थापाले सेनाबाट मन्दिर निर्माणमाठुलो श्रमदान गरेकोमा व्यवस्थापन समितिको तर्फबाट धन्यवाद दिए ।

नेपालीले सेनाले सामाजिक क्षेत्रमा जिल्ला वासीको निम्ती ठुलो योगदान दिएको बताए । मन्दीर निर्माणसँगै सेनाले त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित सेउघा निमाबिको बिद्यालयमा शौचालय निर्माण गर्न सुरु गरेको छ । नगरको सेउघा निमाबिको लागी ४ कोठे पक्की शौचालय निर्माण गर्न सुरु गरेको बिद्यालय व्यास्थापन समितिका अध्यक्ष हरिलाल पन्थीले जानकारी दिए ।

बिद्यालयमा सामान्य खालको शौचालय थियो बिद्यालय व्यास्थापन समितिका अध्यक्ष पन्थीले भने हामीले नयाँ बनाउने सोचमा थियौ तर प्रायाप्त रकम नहुँदा सुरुवात भएको थिएनन् ।

बिद्यालयले जिल्ला शिक्षा कार्यालयबाट निर्माण खर्च सम्म उपलब्ध गराउने पहल पनि भएको अध्यक्ष पन्थीले बताए । निर्माण सामाग्री बाहेक अरुपुरै नेपाली सेनाबाट निर्माण हुँने शौचालय वालमैत्री,अपाङ्गमैत्री, शौचालय निर्माण कार्यमा सेनाले श्रम दान गरेको पान्थीले बताए । फागुन भरिमा सेनाले ४ कोठे पक्की शौचालय निर्माण कार्य सम्पन्न हुने जनाएको छ ।

निर्माणधिन शौचालयको लागत करिव ३ लाख भन्दा वढी रहेको व्यावस्थापन समिति अध्यक्ष पन्थीले जानकारी दिए । सेनाले जिल्लामा दैबिक प्रपोपको बेला बिभिन्न समयमा सामाजिक कार्य गर्ने गरेको छ ।

त्यस्तै सेनाले जिल्ला स्थित बेला बखतमा हुने सरसफाई, बिभिन्न व्यक्तिहरुलाई रगत अभावको बेला रक्तदान पनि गर्दै आएको छ । त्यस्तै सेनाले जिल्लाको धार्मिक स्थल रेसुङ्गामा पनि बिभिन्न समयमा श्रमदान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्