हेलिकोप्टर खस्यो



ग्रयान्ड क्यायोन, (एजेन्सी)
अमेरिकाको एरिजोना राज्यको ग्रयान्ड क्यायोनमा एउटा पर्यटक बोक्ने हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा ३ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ। संघीय उड्यन निकायका प्रवक्ताले हेलिकोप्टर नराम्ररी क्षतिग्रस्त भएको बताएका छन्। शनिबार स्थानीय समयअनुसार अपरान्ह ५ बजेर २० मिनेट जाँदा ग्रयान्ड क्यायोन वेस्ट क्षेत्रमा हेलिकोप्टर खसेको थियो। दुर्घटनाको कारण र सो हेलिकोप्टर कुन कम्पनीले सञ्चालन गरेको भन्ने खुल्न सकेको छैन। स्थानीय सञ्चार माध्यमले हेलिकोप्टर एयरबस युरोकोप्टर ईसी १३० भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्