सञ्चार माध्यमलाई सुझाव



प्रायः अधिकांश सञ्चार माध्यमले राजनीतिक विषयका समाचारलाई उच्च प्राथमिकता दिने गरेका छन्।

टेलिभिजन र रेडियोमा प्राथमिकताका साथ मुख्य हेडलाइन, पत्रपत्रिका र अनलाइनमा पनि उस्तै प्राथमिकता र कभरेज। निकै चर्चामा आउनुपर्ने सामाजिक विषयवस्तु राजनीतिक समाचारका कारण ओझेलमा। राजनीतिक समाचारकै कुरा गर्दा हिजो–आज त बामदल एकताको विषय त टुट्दै टुट्दैन, छुट्दै छुट्दैन। हरेक दिन त्यही विषयको समाचार भन्न लेख्न छोड्दैन् हाम्रा सञ्चार माध्यम।

दुई दलका अध्यक्षको ‘वान टु वान’ वार्ता हरेक दिन दोहोरिन्छ। फल्ना ठाउँमा बैठक भन्या छ, २ दलका फल्नाफल्ना नेताको भेटघाट भन्या छ। तर दल कहिले मिल्ने हुन्, कुनकुन नेताले कस्तो पद पाउने हुन् भन्ने छाटकाट कहीकतै देखिँदैन।

धरहरा त के स्वयम् बैठकमा सहभागी नेतालाई समेत त्यस्तो कुरा थाह छैन। यस्तै समाचार हरेक दिन दोहोरिन थालेपछि धरहरा आमसञ्चार माध्यमलाई एउटा व्यवहारिक सुझाव दिन चाहन्छ।

सञ्चार माध्यमले नियमित समाचारसँगै आर्थिक समाचार, अन्तर्राष्ट्रिय, खेल र मौसम समाचारलाई छुट्टै समय छुट्याए झैं पार्टी एकताबारेको समाचारका लागि छुट्टै समय र पृष्ठ छुट्याउँदा कसो होला ?

आखिर हरेक दिन पार्टी एकता बारेको समाचार बनाउनु नै परेपछि। सुझाव कस्तो लाग्यो, न्युजरुमका सहकर्मी र समाचार सम्पादकहरूलाई यो सुझाव सुनाउन् कि सञ्चारकर्मी मित्रहरू

प्रतिक्रिया दिनुहोस्