परम्परागत शिक्षा जिशिकालाई निर्देशन



नेपालको संविधानअनुसार स्थानीय, संघ र प्रदेशको निर्वाचन सम्पन्न भई संघीयताको कार्यान्वयन भइरहेको सन्दर्भसँगै आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षासम्बन्धी अधिकार पनि स्थानीय तहमा गएको छ। स्थानीय तहहरूमा परम्परागत शिक्षासम्बन्धी नीति, ऐन, नियम निर्माण, कार्यक्रम तर्जुमा र कार्यान्वयन आदिमा सहयोग पुगोस् भनी हालसम्म शिक्षा मन्त्रालय तथा शिक्षा विभागबाट भए⁄गरेका परम्परागत शिक्षासम्बन्धी प्रावधानको जानकारी सम्बन्धित सबै स्थानीय तहहरूमा पुर्याउनु उपयुक्त र सान्दर्भिक हुने हुँदा जिल्ला शिक्षा कार्यालयहरूले निम्नानुसारका विवरण तथा जानकारी तयार गरी सम्बन्धित स्थानीय तहमा पठाउनुहुन अनुरोध छ।
परम्परागत शिक्षासम्बन्धी व्यवस्था
क) देशको विभिन्न भागमा परम्परागतरूपमा सञ्चालित गुरुकुल, गोन्पा, मद्रसा शिक्षालाई मूलप्रवाहीकरण गर्ने तथा औपचारिक शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँच अभिवृद्धि गर्ने नीति रहेको।
ख) धार्मिक प्रकृतिका सामुदायिक विद्यालयहरूलाई अध्यापन व्यवस्थापन कार्यमा सहयोगका लागि एकमुष्ठ अनुदान कार्यान्वयन निर्देशिका–२०६९ पहिलो संशोधन २०७० कार्यान्वयनमा रहेको।
ग) राष्ट्रिय मद्रसा शिक्षा व्यवस्थापन परिषद् र सञ्चालनसम्बन्धी व्यवस्था, २०६९ कार्यान्वयनमा रहेको।
घ) गुरुकुल⁄आश्रम व्यवस्थापन परिषद् नेपाल गठन भई विद्यालय अनुमति⁄स्वीकृति, पाठइ्क्रम तथा पाठइ्पुस्तक विकास, शैक्षिक प्रमाणपत्रको स्तरीकरण, शिक्षक व्यवस्थापन, गुणस्तरीय शिक्षा आदि विषय र प्रक्रियामा शिक्षा मन्त्रालयलाई नीतिगत राय सुझाव उपलब्ध गराउने कार्यमा केन्द्रीय तहमा कार्यरत रहेको।
ङ) गोन्पा⁄विहार व्यवस्थापन परिषद् नेपाल गठन भई विद्यालय अनुमति⁄स्वीकृति, पाठइ्क्रम तथा पाठइ्पुस्तक विकास, शैक्षिक प्रमाणपत्रको स्तरीकरण, शिक्षक व्यवस्थापन, गुणस्तरीय शिक्षा आदि विषय र प्रक्रियामा शिक्षा मन्त्रालयलाई नीतिगत राय सुझाव उपलब्ध गराउने कार्यमा केन्द्रीय तहमा कार्यरत रहेको।
च) गुरुकुल, गोन्पा, मद्रसा विद्यालयहरू सञ्चालन व्यवस्थापनमा सहजताका लागि एकीकृत निर्देशिकाको रूपमा तयार गरिएको परम्परागत शिक्षा सञ्चालन निर्देशिकाको मस्यौदा तयार भएको।
छ) पाठइ्क्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट पाठइ्क्रम तथा पाठइ्पुस्तक विकास भएको।
कक्षा १ देखि १० सम्मका लागि गुरुकुल शिक्षाको पाठइ्क्रम विकास भएको र कक्षा ११ र १२ को पाठइ्क्रमको प्रस्तावित संरचना तयार भएको।
कक्षा १ देखि १० सम्मका लागि गोन्पा शिक्षाको पाठइ्क्रम विकास भएको र कक्षा ११ र १२ पाठइ्क्रमको प्रस्तावित संरचना तयार भएको।
कक्षा १ देखि ५ सम्मका लागि मद्रसा शिक्षाको पाठइ्क्रम विकास भएको र कक्षा ६ देखि १२ को पाठइ्क्रमको प्रस्तावित संरचना
तयार भएको।गुरुकुल शिक्षाका लागि संस्कृत भाषा तथा देवनागरी लिपीमा पाठइ्पुस्तक विकास भएको। गोन्पा शिक्षाका लागि भोट भाषा तथा सम्भोटा लिपीमा पाठइ्पुस्तक विकास भएको।
मद्रसा शिक्षाका लागि उर्दू एवं अरेबिक भाषा तथा फारसी लिपीमा पाठइ्पुस्तक विकास भएको।
ज) कार्यक्रम कार्यान्वयन पुस्तिका शिक्षा विभागबाट प्रत्येक वर्ष जिल्लास्तरमा कार्यक्रमहरू कार्यान्वयन गर्न मन्त्रीस्तरबाट स्वीकृत गरिएको कार्यक्रम कार्यान्वयन पुस्तिका तयार गरिने र सो पुस्तिकामा धार्मिक प्रकृतिका गुरुकुल, गोन्पा र मद्रसा विद्यालयहरूलाई दिइने अनुदान, निःशुल्क पाठइ्पुस्तक, छात्रवृत्ति तथा भौतिक सुधारसम्बन्धी उल्लेख गरी सोहीअनुसार कार्यान्वयन हुँदै आएको।
झ) तथ्यांक तथा विवरण उपलब्ध गराउनुपर्ने
परम्परागत विद्यालय (गुरुकुल, गोन्पा, मद्रसा) ले प्रत्येक वर्ष शैक्षिक तथ्यांक भर्नुपर्ने र तोकिएको ढाँचामा विवरण तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था रहेको सबै जिल्ला शिक्षा कार्यालयले माथि उल्लेखित व्यवस्थासमेत समावेश गरी जिल्लाअन्तर्गत रहेका गुरुकुल⁄आश्रम, गोन्पा (गुम्बा)⁄विहार, मद्रसा विद्यालयहरूको स्थानीय तहगतरूपमा तल उल्लेखित विवरण तयारगरी सम्बन्धित स्थानीय तहलाई जनकारी पठाउने।
१. विद्यालयको नाम, ठेगाना, अनुमति⁄स्वीकृति प्राप्त मिति, अनुमति प्राप्त कक्षा, सञ्चालित कक्षा।
२. प्रदान गरिएको सरकारी अनुदानको विवरण। जस्तैः दरबन्दी कुन तहमा कति, राहत कुन तहमा कति, एकमुष्ठ अनुदान कुन तहमा कति ? निःशुल्क पाठइ्पुस्तक, छात्रवृत्ति आदि।
३. अध्ययनरत छात्र–छात्राको विवरण।
४. भौतिक पक्षको विवरण (भवन, कक्षा कोठा, शौचालय, पिउने पानी आदि)।
यी  विद्यालयले पाए
शिक्षा पुरस्कार
कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा सामुदायिकतर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि र निजीतर्फ वागबजारस्थित काठमाडौं मोडेल माविले पुरस्कार शिल्ड र प्रमाणपत्र पाए। कक्षा १० को पुरस्कारका लागि राष्ट्रियस्तरमा सामुदायिकतर्फ बुटवलको कालिका मावि र निजीतर्फ विराटनगरको बाल कल्याण विद्यामन्दिर छनोट भएका छन्। दुवै वर्गका विद्यालयलाई शिल्ड, प्रमाणपत्र र नगद २ लाख रुपियाँ प्रदान गरियो।
प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत सामुदायिकतर्फ प्रदेश नम्बर १, २ र ३ बाट क्रमशः ओखलढुंगाको वरुणेश्वर मावि, रौतहटको ओम मावि र चितवनको नारायणी मोडेल मावि छन्। सामुदायिकतर्फ नै प्रदेश नम्बर ४, ५, ६ र ७ बाट क्रमशः कास्कीको बालमन्दिर मावि, बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम मावि छन्। दुर्गमबाट सामुदायिकतर्फ हुम्लाको महाबुद्ध मावि छनोट भएको छ। यी विद्यालयको पुरस्कार राशि १ लाख रुपियाँ छ।
निजीतर्फ प्रदेशस्तरमा दिइने पुरस्कार प्रदेश नम्बर १, २, ३ र ४ बाट क्रमशः विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी र पर्वतको नमुना माविले हात पारे। निजीतर्फ नै प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इंग्लिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल छन्। प्रदेशस्तरमा छानिएका सबै विद्यालयलाई शिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपियाँ प्रदान गरियो। कक्षा ९ देखि नै प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यालयमध्ये पनि बुटवलको कालिका मावि नै छनोटमा परेको छ। यो विद्यालयले सामुदायिकतर्फ पनि राष्ट्रिय पुरस्कार हात पार्यो।
प्रतिक्रिया दिनुहोस्