रकम पाएपछि ठेकेदार वेपत्ता



सञ्जय कार्की, रौतहट ।
निर्माण सम्पन्न नहुदै रौतहटको एक बिद्यालयले ठेकदार लाई भबन निर्माणको रकम भुक्तानी गरेको खुलेको छ । रकम पाएपछि निर्माणको जिम्मा लिएको ठेकदार बेपता भएपछि निर्माणाधिन भबन आठ महिना देखि अलपत्र परेको छ । रौतहटको चन्द्रपुर–८ मोतिपुरमा रहेको शिबशक्ति निम्न माध्यमिक बिद्यालयले निर्माणधिन दुई कोठे ट्रस्ट भबनको रकम भुक्तानी गरेपछि ठेकदार बेपता भएका छन ।

१६ लाखको बजेट लागतमा निर्माण सम्पन्न गर्नु पर्ने दुई कोठे ट्रष्ट भबनको निर्माणाधिन अबस्थामानै १५ लाख रुपैया लिएर ठेकदार बेपता बनेको स्थानीय सरोज बछारले बताउनु भयो । जिल्ला शिक्षा कार्यालय रौतहट बाट बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गत आर्थीक बर्षमानै निकासा भएको रकम बाट निर्माणको जिम्मा दिएको शुभलक्ष्मि गणेश ग्रिल ट्रस्ट उधोगले निर्माण सम्पन्न नहुदै बेपता बनेको छ ।

बिना प्रतिस्पर्धा बिद्यालयले सो उधोगका ठेकदार रामेश्वर ठाकुर लाई निर्माणको जिम्मा दिएको पाइएको छ । ०७४ असाढ मसान्त भित्रमानै निर्माण सम्पन्न गर्ने गरी कार्यादेश पाएको उधोगले काम सम्पन्न गर्न ०७४ पौष १७ गते पुन म्याद थप गरेपनि निर्माण कार्य अधुरो छाडेको छ । निर्माण कार्य आशिक भएको उक्त भबनको निर्माणमा गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ ।

बिद्यालयका प्राध्यानाध्यापक काशिनन्दन चौधरीले निर्माणको जिम्मा लिएका ठेकदारको खोजीका लागि प्रशासनको सहयोग लिईने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्