निःशुल्क आँखा शिविरमा १ सय बढिको आँखा परिक्षण



नेपाल समाचारपत्र, काठमाडौ ।
काठमाडौँ सक्रिय युवा समूहले शनिबार नयाँ सडक दमकल अगाडि आयोजना गरेको निःशुल्क आँखा शिविर कार्यक्रममा १ सय ६७ जनाले आँखा परिक्षण गरेका थिए ।

आँखा परिक्षण नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.इन्दुप्रसाद ढुंगेलको नेतृत्वमा ५ जनाको स्वास्थ्यकर्मीको समूहले नयाँ सडकमा आँखा परिक्षण तथा औषधि वितरण निःशुल्क गरिएको थियो । परिक्षणका क्रममा देखा परेका मोतियाविन्दुको शल्यक्रियाको समेत निःशुल्क उपचार भएको छ ।

पूर्व राज्य मन्त्री राज्य लक्ष्मी श्रेष्ठ, काठमाडौ वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धर, वडा नं २३ र २४ का वडा सदस्यहरु लगायतका स्थानिय समाजसेवी तथा विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

अन्य क्षेत्रमा पनि निःशुल्क आँखा शिविरको माग भएको समूहका अध्यक्ष बिजय रत्न खड्गेले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्