कानुनका कुरा सिकाउन न्यायाधीश गाउँमा



सलिम अन्सारी, प्युठान

‘न्यायाधीशसंग वोल्न हुदैन, कसैले वोलेमा मान हानीको मुद्धा लाग्छ, मुद्धाका वखत इजलासमा मात्र न्यायाधीशसंग सम्वन्धित विषयमा वोल्न पाइन्छ भन्ने सुनेका थियौं। अहिले श्रीमान गाउँमै आउनु भयो,हामीले सुनेजस्तो होईन रहेछ।’

चाभामा जिल्ला अदालतले पहिलो पटक आयोजना गरेको जनताको गुनासो सुन्ने कार्यक्रममा आएका स्थानीय अजिम मियाँले आफ्नो अनुभव सुनाए। ‘जनतासंग न्यायिक संवाद’ नाम दिएर जिल्ला न्यायाधीश सहितको टोली गाउँमा पुग्दा गाउँलेहरुले अचम्म मात्र मानेन, उनिहरुलाइ फुलमाला र खांदा ओढाएर भव्य स्वागत सम्मेत गरे।

न्यायाधीशसंग सिधै प्रश्न राख्न पाईदैन भन्ने पराम्परा देखीको धारणा र सोचाई क्षणभरमै परिवर्तन गर्दै गाउँमै आएका जिल्ला न्यायाधीश हेम बहादुर सेन समक्ष सरुमारानी गाउंपालिका-३ साबिक हंसपुरवासीले जिज्ञासा र गुनासा सुनाए।

जिल्ला अदालतले समाजसंग निकटता बढाउन र अदालतले गर्ने काम कारबाहिका बारेमा जानकारी गराउन ‘जनतासंग न्यायिक संवाद’ कार्यक्रम गरेको हो।
जिल्ला अदालतले गाउँ वस्तीमै गएर नागरिकको न्यायलय प्रतिको गुनासो सुन्ने र उनीहरुलाई कानुनी जानकारी गराउने अभियान संचालन गरेपछि अदालतमा जाहेरी बढेको श्रोतले बताएको हो। । वस्तीमै पुगेर कानुनी सचेतना जगाउने उदेश्यले जिल्ला न्यायाधीश सेन, जिल्ला न्यायाधिवक्ता खिमान्नद पौडेल, श्रेस्तेदार प्रेम प्रसाद पौडेल लगायतका कर्मचारी गाउँ गाउँमा पुगेर कानुन सम्बन्धी जानकारी दिदै आएका छन्। नागरिकलाई गाउँ वस्तीमै पुगेर कानुनी शिक्षा दिने उदेश्यले जिल्ला अदालतले अभियान चलाएको जिल्ला न्यायाधीश सेनले वताए।

न्यायाधीश सेनले कानुनी कार्यविधी र मुद्धाका प्रक्रीयाका बारेमा नागरिकहरुलाई प्रष्ट्र पारेका थिए।सहभागीलाई कानुन, मृद्दाका प्रकृति, कानुनी शव्दावली, जिल्ला अदालतमा हेरीने मृद्दाका प्रकृति, अदालतको क्षेत्राधिकार लगायतका विषयमा जानकारी गराएका थिए।

मुद्धाका वखत प्रयोग हुने साक्षी, वाल इजलास, वैतनीक वकिल र उसले गर्ने कार्य, प्रमाणको महत्व, वकपत्र, प्रतिवादी, प्रतिउत्तर खाप्ने, वन्द इजलास, हदम्याद, अभियोग तथा फिराद पत्र, मानहानी, मुद्धाका वखत लाग्ने कोर्ट फि लागयतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो।
कार्यक्रममा बृद्ध,बालक,महिलाको मुद्धा प्राथमिक्ता दिएर अदालतले हेरिरहेको समेत बताईयो।

छलफलमा सहभागी गाउँलेले न्यायलयमा न्यायीक सेवा झन्झटीलो हुने गरेको, न्यायीक सेवा सर्वसाधरण सम्म पुग्न नसकेको, वढी कारवाही र क्षतिपुर्ति भराउनु पर्ने प्रकृतिका मुद्धामा समेत न्युन कारवाहीको फैसला हुने गरेको, जस्ता अदालत प्रतिका गुनासा न्यायाधीशलाई सुनाएका थिए। न्याधिष सेनले अदालतमा निशुल्क मुद्धादर्ता गर्न सकिने भन्दै सुनेकै भरमा अदालत प्रती नकारात्मक धारणा नबनाउन र अन्याय सहेर नबस्न सहभागी नागरिकहरुलाई आग्रह समेत गरे। सरकारी साक्षिको हकमा अदालत सम्म आउजाउ गर्दा लाग्ने बाटो खर्च बापत सुब्बा सरह एकदिनको तलब बराबरको रकम उपलब्ध गराइने अदालतले बताएको हो।

सरुमारानी-३ नम्बर वडा स्तरिय कार्यक्रममा वडाध्यक्ष भिम बहादुर मर्साङ्गी,गाउकार्यपालिका सदस्य मोहम्मद हलिम, गाउकार्यपालिका सदस्य खिमा सुवेदी लगायतका जनप्रतिनिधीको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्