मिस राई २०१८ को ताज खोटाङकी एञ्जललाई



खोटाङ, (नेस)।
मिस राई २०१८ को ताज खोटाङ ऐसेलुखर्क–७ की एञ्जल राईले पहिरिएकी छिन्। हाल काठमाडौं कपन बसेर विज्ञान विषय लिई कक्षा १२ मा अध्ययनरत एञ्जलले मिस राईको यहाँ सम्पन्न छैटौं संस्करणको ग्रान्ड फिनालेमा ताज पहिरिएकी हुन्।

भोटिङ तथा प्रस्तुतिको आधारमा सौन्दर्य प्रतियोगितामा उत्कृष्ट ६ मा परेका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै एञ्जलले उपाधि चुमेकी हुन्। मंसिर दोस्रो साता आवेदन आह्वान गरिएको मिस राईमा फस्ट, सेकेन्ड र थर्ड रनर्सअपको उपाधि भने क्रमशः प्रभा राई, श्रद्धा राई र पवित्रा राईले जितेका छन्।

मिस राईको टप ६ मा एञ्जल, प्रभा, श्रद्धा, पवित्रा, सिर्जना र सिमस राई थिए। सौन्दर्य प्रतियोगिता किराँतीको नयाँ वर्ष यलेदोङ ५०७८ को अवसरमा किराँत राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेको हो।
प्रतिस्पर्धामा कम्तीमा ५ फिट उचाइ तथा एसईई उत्तीर्ण १६ देखि २६ वर्ष उमेर समूहका किराँत राई समुदायका कन्याले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्