रणवीर र आलिया लुकी–लुकी भेट्दै



अहिले बलिउड नायक रणवीर कपुर तथा नायिका आलिया भट्टको हट कमेस्ट्रीले बलिउडमा हलचल मचाएको छ। उनीहरू दुवै फिल्म ब्रह्मास्त्रको सुटिङका लागि खास तयारी गरिरहेका छन्।
यही फिल्मको तयारीका कारण आलिया र रणवीरबीच भेटघाट बढिरहेको छ। पछिल्लो दिनमा रणवीरलाई राति ११ बजे आलियाको घरमा गइरहेको र बिहान ७ बजे फर्किएको देखिएको भारतीय मिडियाले खबर छापेका छन्।

समाचारमा जनाइएअनुसार उनीहरू एक–अर्कालाई आफ्नो घरमा बोलाउनका लागि कार पठाउँछन्, ताकि मिडियाको नजरबाट बच्न सकियोस्। यसैबीच रणवीर कपुरको नजिकको साथीले आश्चार्यजनक खुलासा गरेका छन्। रणवीरको यी साथी आलिया र रणवीरको बढ्दै गरेको दोस्तीप्रति खुसी छैनन्। उनले रणवीरको पोल खोल्दै भने ‘रणवीर जो व्यक्तिसँग सम्बन्धमा रहन्छन्। ती व्यक्तिलाई सधैं धोका दिन्छन्। आलियासँग उनको अफेयरको कुरा यदि साँचो हो भने यसबाट दुवैलाई धेरै दुःख हुनेवाला छ।

रणवीर मानिसको दिल तोड्नका लागि माहिर छन्। उनी मानिससँग सम्बन्ध बनाउँछन् र फेरि तोड्छन्।’
दीपिका पादुकोण तथा कट्रिना कैफले त रणवीरसँग घरबार बसाउनका लागि आफ्नो करियरसमेत छोड्ने निर्णय गरेका थिए। तर, पछि रणवीर नै पछि हटेका थिए। केही वर्ष पहिले आलियाले एक च्याट शोमा कुराकानीको क्रममा आफू रणवीर कपुरसँग विवाह गर्न चाहेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्