‘बर्थ डे’ कहिले ?



सर्वोच्च अदालतका सर्वोच्च व्यक्ति अर्थात् प्रधानन्यायाधीशहरू विभिन्न कारणले चर्चामा आउने गर्छन्। अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुली पनि सोही पद सम्हालेपछि चर्चामा छन्। फरक–फरक जन्म मितिसहितको नागरिकता सार्वजनिक भएपछि उनी चर्चाको हिट लिस्टमा छन्।

२००९ साल साउन ३१, २०१० साल वैशाख १६, २०११ साल वैशाख १३ जन्म मितिसहितका नागरिकताको विवरण सार्वजनिक भएको हो। प्रवेशिकाको मार्कसिटमा पराजुलीको जन्म मिति २०११ वैशाख १३ गते उल्लेख छ। न्यायपरिषद्ले पराजुलीको जन्ममिति २०१० साल वैशाख १६ लाई कानुनी मान्यता दिइसकेको बताइएको छ। न्याय परिषद्ले प्रवेशिकाको मार्कसिट राम्रैसँग हेरेर जन्म मिति उल्लेख गर्या त होला नि !

त्यसो त अंक १३ र १६ बेला मौकामा झुकिन्छ पनि। हेर्दा लगभग उस्तै देखिन्छ। त्यही भएर पो न्यायपरिषद्का अधिकारीहरू झुक्क्यिा हुन् कि ? यस्तो देख्दा/सुन्दा धरहरा भने अहिले बढो अन्यौलमा पर्या छ।

धरहरा सबैको भलो चाहन्छ, शुभकामना र आर्शीवाद पनि व्यक्त गरिरहेको हुन्छ। यस्तो अवस्थामा पराजुलीज्यूलाई कुन दिन जन्मदिनको शुभकामना भन्ने होला ? कि हरेक नागरिकताको मितिअनुसार नै ह्याप्पी बर्थ डे भनिरहने होला ?

प्रतिक्रिया दिनुहोस्