लहानमा यामाहाको ‘थ्री एस फेसिलिटी’



लहान, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले सिराहा जिल्लाको लहानमा सुविधासम्पन्न संरचनाबाट सेवा सुविधा शुरू गरेको छ।

एमएडब्लूले आफ्नो डिलर एसएस अटो सेन्टरलाई यामाहाको नयाँ गाइड लाइनअनुसार स्तरोन्नति गरेर ग्राहकलाई ‘थ्री एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा शुरू गरेको हो। यस क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पूर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिपको स्तरोन्नति गरिएको हो।

नयाँ शोरुमको उद्घाटन मिस नेपाल २०१७ निकिता चन्दकले गर्नुभएको थियो। एसएस अटो सेन्टरबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरहरूको ‘थ्री एस’सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन्। अटो सेन्टरमा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहेकाले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेमा आफू विश्वस्त रहेको एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जीव साहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्