‘जासुसी भएको छैन’



बेइजिङ, (एजेन्सी)
चीनले अफ्रिकन युनियन (एयू) विरुद्ध जासुसी गरेको भन्ने भनाइ निराधार भएको एयूका अध्यक्ष मोउसा फाकीले बताएका छन्। बेइजिङमा भएको सातौं चीन–एयू रणनीतिक वार्ताको सह–आयोजनापछि चिनियाँ विदेशमन्त्री वाङ यीसँगको संयुक्त पत्रकार सम्मेलनमा फाकीले सो कुरा बताएका हुन्। फाकीले सन् २०१७ मा एयू प्रमुखको जिम्मेवारी सम्हालेयता उनको यो पहिलोे चीन भ्रमण हो। फाकीले भनेका छन्– ‘चीन र एयूबीचको सम्बन्ध सुमधुर छ। बजारमा आएका हल्लाले दुई देशबीचको सम्बन्धमा कुनै असर पुर्याउँदैन। चीनलाई एयूविरुद्धको जासुसी असम्भव छ।’

प्रतिक्रिया दिनुहोस्