विमान ध्वस्त



दमास्कस, (एजेन्सी)
इरानी लक्ष्यहरूमा केन्द्रित हवाई हमलामा सरिक इजरायलको एफ–१६ लडाकू जेट विमान सिरियाली विमान भेदक तोप प्रहारपछि सिरियाली भूमिमा खसेर ध्वस्त भएको इजरायली सैनिक सूत्रले जनाएको छ। सो विमानमा रहेका दुईजना पाइलट प्यारासुटबाट उत्तरी इजरायलमा सकुशल अवतरण गर्न सफल भएका छन्। सिरियाली युद्धको दौरान पहिलोपटक इजरायलले लडाकू विमान गुमाउन पुगेको बताइएको छ। इजयराली आकाशमा एउटा इरानी ड्रोन विमान उडेको देखेपछि सो लडाकू विमान इरानतर्फ हमलामा जुटेको हो। ड्रोनलाई भने इजरायलले खसालेको थियो।

प्रतिक्रिया दिनुहोस्