छत्तीस लडाकू मारिए



मस्को, (एजेन्सी)
रसियाका लडाकू विमानहरूले आक्रमण गर्दा सिरियामा कम्तीमा ३६ विद्रोही मारिएका छन्। सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिब शहरमा भएको आक्रमणमा तिनीहरूको मृत्यु भएको रसियाको रक्षा मन्त्रालयले शुक्रबार राति एक विज्ञप्तिमार्फत जानकारी गराएकोे छ। रुसी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस हवाई हमलामा सिरियाको विद्रोही समूह जाभात अल नुसराका कम्तीमा ३६ लडाकू मारिएको जनाइएको छ। गत साता विद्रोही समूहले सिरियाको इडलिब क्षेत्रमा रसियाको एक लडाकू विमानमा हमला गरेर खसालिदिएका थिए। सो विमानलाई आपत्कालीन अवतरण गरेपछि विमान चालक मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्